
काठमाडौँ । नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ । आइतबार बिहान मलेसियाको सेलान्गोर टर्फ क्लबको मैदानमा टस हारेर सुरुमा ब्याटिङ गर्दै ४२१ रनको चुनौती दिएको नेपालले इन्डोनेसियामाथि ३७० रनको सानदार जित निकालेको हो ।
काठमाडौँ । नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ ।
आइतबार बिहान मलेसियाको सेलान्गोर टर्फ क्लबको मैदानमा टस हारेर सुरुमा ब्याटिङ गर्दै ४२१ रनको चुनौती दिएको नेपालले इन्डोनेसियामाथि ३७० रनको सानदार जित निकालेको हो ।
नेपालविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको इन्डोनेसियाले २४.३ ओभरमा मात्र ५० रन जोड्न सक्यो । इन्डोनेसियालाई सस्तैमा अलआउट गर्न नेपालका लागि कप्तान विपिनप्रसाद शर्माले ७.३ ओभर बलिङ गर्दै मात्र १२ रन दिएर ६ विकेट लिए । उनको बलिङमा दुई मेडन समावेश थियो। नेपालका लागि शुभम् खनाल र सुगम बुढाथोकीले थप एकएक विकेट हात पारे ।
यसअघि सुरुमा ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ४२० रन बनाएको हो । नेपालका लागि प्रसिद्ध जैसीले शतक प्रहार गर्दा परिमार्जन यादव, रौनक श्रीवास्तव, जय थापाले सानदार अर्धशतक बनाए । प्रसिद्धले ११४ बलको सामना गर्दा १५ चौका र एक छक्काको मद्दतमा १३२ रन बनाए ।
त्यसैगरी परिमार्जन यादवले मात्र २८ बलमा ७१ रन जोडे । उनको शानदार अर्धशतकमा चार चौका र आठ छक्का समावेश थियो । रौनक श्रीवास्तवले ७१ बलको सामना गर्दा आठ चौका र दुई छक्काको मद्दतमा ८८ रन जोडे भने जय थापाले ४१ बलमा सात चौकाको मद्दतमा ५७ रन बनाए । सुगम बुढाथोकीले अविजित ३९ रन जोड्दा रोशन शाहीले नटआउट १० रन थपे ।
यसअघि पहिलो खेलमा सिङ्गापुरलाई ६ विकेटले हराएको नेपालले जापानमाथि ९ विकेटको जित निकालेको थियो। यो जितसँगै समूह ‘ए’को नेपाल तीन खेलमा तीन जितसहित ६ अङ्कका साथ शीर्ष स्थानमा पुगेको छ। नेपालले समूह चरणको अन्तिम अर्थात् चौथो खेल असार १७ गते भुटानसँग खेल्ने छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा
- सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा ९ रिट निवेदन दायर
- एमालेको नेतृत्वमा ओलीको विकल्प नभएको प्रतिवेदन पेश
- सामाजिक सञ्जाल बन्दविरुद्ध भोलि जेनजि पुस्ताको प्रदर्शन
- कांग्रेसले अकस्मात् किन बोलायो केन्द्रीय समिति बैठक ?
- एमाले महाधिवेशनमा आज प्रतिवेदनमाथि समूहगत छलफल हुँदै
- एमाले विधान महाधिवेशन : प्रतिनिधिको हातहातमा विद्या भण्डारीको पत्र
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै