
काठमाडौँ। इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन लिमिटेड र यसैको लगानीमा स्थापित वाईफाई नेपाल प्रा. लि. ले काठमाडौँ उपत्यकासहित प्रमुख सहरी क्षेत्रमा "फ्रि वाईफाई"का नाममा नियमविपरीत राउटर जडान गरेर सेवा सञ्चालन गर्दै आएको खुलासा भएको छ।
अन्तर्राष्ट्रिय दूरसञ्चार संघको मापदण्ड र नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशिका अनुसार, आईएसएम फ्रिक्वेन्सी ब्यान्डमा इन्टरनेट सेवा दिने प्रदायकले उपभोक्ताको निजी क्षेत्र (घरको कम्पाउण्ड) बाहिर राउटर जडान गर्न पाउँदैनन्। घरभित्र पनि अधिकतम एक वाट प्रशारण क्षमताका राउटर मात्र जडान गर्न अनुमति छ।
तर, वर्ल्डलिङ्क र वाईफाई नेपालले भने सार्वजनिक स्थानहरू, विशेषतः सडकछेउका बिजुलीका पोलहरूमा १० वाट क्षमतासम्मका राउटरहरू जडान गरी प्राधिकरणको नियमको खुला उल्लंघन गरेका छन्।
यस्तै, फ्रिक्वेन्सीसम्बन्धी निर्देशिका अनुसार आईएसएम ब्यान्डमा ब्याकबोन नेटवर्क निर्माण तथा सञ्चालन गर्न कानुनी प्रतिबन्ध छ। तर, वर्ल्डलिङ्क र वाईफाई नेपालले नियमविपरीत यस्ता ब्याकबोन नेटवर्कहरू बनाउँदै सञ्चालन गरिरहेका छन्।
यसबारे नेपालकैरन सँगको कुराकानीमा नेपाल दूरसञ्चार प्राधिकरणका सहायक प्रवक्ता डा. प्रदीप पौडेलले भन्नुभयो, “उपभोक्ताको कम्पाउण्ड बाहिर मापदण्डविपरीत राउटर जडान गर्नु र आईएसएम ब्यान्डमा ब्याकबोन नेटवर्क सञ्चालन गर्नु दुबै कार्य गैरकानुनी हुन्। नियमविपरीत सेवा प्रवाह भएको प्रमाणित भएमा आवश्यक कानुनी कारबाही अगाडि बढ्छ।”
यी सम्पूर्ण तथ्यहरूले वर्ल्डलिङ्कले फ्रि वाईफाईका नाममा गरिरहेको कार्य पूर्णतः अवैध रहेको देखाउँछन्। यसरी कानुन उल्लंघन गर्दै सेवा सञ्चालन गर्न उसलाई अधिकार कसले दियो भन्ने प्रश्न उठिरहेको छ।
यस बिषयमा वर्ल्डलिङ्क कम्युनिकेसनका प्रमुख कार्यकारी अधिकृत केशव नेपाललाई प्रश्न गर्दा उहाँले भन्नुभयो, “हामीले ग्राहकलाई सुविधा दिनका लागि फ्रि वाईफाई सञ्चालनमा ल्याएका हौँ। सेवा सुविधा नै मुख्य कुरा हो। यदि हालको संरचना नियम तथा मापदण्डअनुसार छैन भने त्यसलाई संशोधन गर्न दबाब दिनुपर्छ।”
आफ्नो गैरकानुनी कार्यको बचाउमा लामो समय खर्चिनुभएका सिईओ नेपालले चोकचोकमा वाइफाइ राउटर जडान गर्ने अधिकार कसले दियो ? भन्ने प्रश्नको प्रष्ट जवाफ भने दिन सक्नुभएन ।
तस्बीर : वल्वर्ल्डलिङ्ककाको सामाजिक संजालबाट साभार
यो पनि...
कसरी गरिरहेको छ ‘फ्री वाइफाइ’का नाममा वर्ल्डलिङ्कले गैरकानुनी धन्दा ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध