
काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका पेट्रोलपम्पमा पहिचान तथा एकरुपताका लागि पहेँलो रङ लगाइने भएको छ । काठमाडौँ महानगरपालिकाको सम्मन्वयमा पेट्रोलपम्प सञ्चालक, सरोकारवाला सङ्घसंस्था तथा निकायका प्रतिनिधिको बैठकले उक्त निर्णय गरेको हो ।
काठमाडौँ महानगर क्षेत्रमा ४९ वटा पम्प रहेका छन् । पहिलो चरणमा फागुन पहिलो सातासम्म नमूनाका रूपमा चारवटा पम्पमा पहेँलो रङ लगाइने छ । त्यसपछि अन्य पम्पमा रङ लगाइँदै जाने महानगरको तयारी छ ।
बैठकले पेट्रोलपम्पमा सेवाग्राहीलाई निःशुल्क शौचालय उपलव्ध भएको जानकारीमूलक बोर्ड झुन्ड्याउने, पम्पमा इन्धन भर्ने व्यक्तिले खैरो रङको व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) लगाउने र पम्प परिसरलाई हरियाली बनाउने निर्णय गरेको नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिनुभयो । पम्पमा कार्यरत कर्मचारीलाई काठमाडौँ महानगरले आधारभूत अग्निनियन्त्रण तालिम दिने निर्णय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति