+

‘बिरामी पहिचान गरी क्षयरोग निर्मूल पारौँ’

ललितपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले क्षयरोग थाहा पाउन प्रत्येक घरघरमा पुगेर बिरामी पहिचान गरी रोग निर्मूल पार्न शुरु  गरिएको अभियानलाई प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ । 

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा शुक्रबार आयोजित ‘क्षयरोग मुक्त नेपाल अभियान’अन्तर्गत दोस्रो चरणको कार्यक्रमको शुभारम्भ गर्दै उहाँले रोग उन्मूलन गर्न सर्वप्रथम रोग थाहा पाउनुपर्ने बताउनुभएको हो । ‘क्षयरोग निर्मुलका लागि ३ वर्षअघि थालिएको यो अभियानमा यस वर्ष थप एक सय वटा पालिका थपिएको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीबाट शुरु भएको यो अभियानमा प्रत्येक घरघरमा पुगेर क्षयरोगका बिरामी पहिचान गरी निर्मुलमा ध्यान दिन आग्रह गर्दछु । रोगको निदानका लागि जनचेतना नै महत्वपूर्ण हो, यसका लागि सरकारका तीनै तह एक आपसमा मिलेर काम गर्नुपर्छ’ मन्त्री बस्नेतले भन्नुभयो । 

मन्त्री बस्नेतले रोग लागेपछि औषधि उपचार गर्नेभन्दा पनि जनचेतना जगाएर रोग नै लाग्न नदिने कुरामा ध्यान दिनुपर्नेमा जोड दिनुहुँदै कुपोषणको सिकारबाट नागरिकलाई बचाउन ध्यान दिनुपर्ने बताउनुभयो । 

उहाँले क्षयरोग निर्मुलका लागि सङ्घीय र प्रादेशिक सरकारभन्दा स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुन्छ भन्ने प्रष्ट पार्नुभयो । नेपालले भ्याक्सिन मागेर भए पनि कोभिडका विरुद्धमा लडेर विजय प्राप्त गरेको बताउनुहुँदै उहाँले यसका लागि लाग्ने सबैलाई धन्यवाद दिनुभयो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सङ्गीता मिश्र कौशलले मृत्यु हुनेको सङ्ख्यामा ५० प्रतिशत क्षयरोगबाट हुने गरेको बताउनुहुँदै समुदायको सहभागितामा यसको निर्मुल सम्भव छ भन्ने धारणा राख्नुभयो । 

उहाँले क्षयरोगको निदान गर्न उपचारका लागि निरन्तर लगानी वृद्धि आवश्यक छ भन्नुहुँदै स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका लागि पनि विभागले निरन्तर काम गर्ने बताउनुभयो । क्षयरोग निर्मुलका लागि गैरसरकारी संस्था, समुदाय, सञ्चार क्षेत्रको साझेदारी आवश्यक छ भन्नुहुँदै उहाँले यो महत्वपूर्ण भएको र समाजमा विभेदको स्थितिको अन्त्यका लागि सामाजिक जागरण पनि चाहिने धारणा राख्नुभयो ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठले अभियानका विषयमा प्रस्तुतीकरण गर्नुहुँदै प्रतिवर्ष दुई सय २९ जना क्षयरोगका बिरामी भेटिने गरेको तथ्याङ्क प्रस्तुत गर्नुभयो । यो रोग निर्मुलका लागि स्थानीय तहलाई जिम्मेवार बनाएर रोगको पहिचान गरी उपचारको दायरामा ल्याउने उद्देश्य रहेको बताउनुहुँदै उहाँले बागमती, मधेस र लुम्बिनी प्रदेशमा क्षयरोगका बिरामी बढी देखा परेको बताउनुभयो ।
   
चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद सापकोटाले अभियानलाई स्थानीय तहको नीति, योजना, बजेट र कार्यक्रममा प्राथमिकतामा राखेर सहयोग गरिने प्रतिवद्धता जनाउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै