+

आइतबार सार्वजनिक बिदा

दाङ । लुम्बिनी प्रदेश सरकारले माघ २१ गते आइतबार सार्वजनिक बिदा दिएको छ ।  प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते प्रदेशमा सार्वजनिक बिदा दिइएको लुम्बिनी प्रदेश गृह मन्त्रालयले जनाएको छ । 

२०७४ माघ २१ गते लुम्बिनी प्रदेश सभाको पहिलो बैठक प्रदेशको अस्थायी राजधानी बुटवलमा बसेको थियो । सोही दिनको सम्झनामा प्रदेश स्थापना दिवस मनाउने तयारी थालिएको हो ।

प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा विभिन्न कार्यक्रम गरी दिवस मनाउने प्रदेश सरकारको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट