
तनहुँ। नेपालमा मिर्गौलापीडितको सङ्ख्या बढ्दो छ । एक्कासि मिर्गौलाले काम गर्न छोडेपछि मात्रै थाहा पाउने व्यक्ति धेरै छन् । तनहुँको म्याग्दे गाउँपालिकाले मिर्गौलाको परीक्षणका लागि भने समुदायस्तरमै पुगेर शिविर सञ्चालन गरेको छ ।
सर्वसाधारणलाई मिर्गौला सम्बन्धि सचेत गराउन समुदायस्तरमै पुगेर परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ । निःशुल्क शिविरमा तीन सय ५५ जनाको मिर्गौला परीक्षण गरिएको छ । म्याग्दे–७ स्वामिधारमा आयोजित उक्त शिविरमा दुई सय २७ महिला र एक सय २८ पुरुषको मिर्गौला परीक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलकराज घिमिरेले जानकारी दिनुभयो । ‘स्वास्थ्य मिगौला, समृद्ध म्याग्दे गाँउपालिका’ नाराका साथ सुरु गरिएको उक्त शिविर यही माघ २३ गतेसम्म चल्नेछ । गाउँपालिकाका सबै वडामा शिविर सञ्चालन गरिने उहाँले बताउनुभयो ।
मिर्गौला बचाउ अभियान राष्ट्रिय कार्यक्रम नेपाल र राष्ट्रिय मिर्गाैला केन्द्र काठमाडौँको प्राविधिक सहयोग तथा सूर्य नेपाल प्रालिको आर्थिक सहयोगमा शिविर आयोजना गरिएको छ । म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गाउँपालिकाका नागरिकलाई स्वस्थ बनाउनका लागि निःशुल्करुपमा मिर्गौला परीक्षण गरिएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति