
काठमाडौँ। सर्वोच्च अदालतले न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधनप्रति दुःख व्यक्त गरेको छ । उहाँको निधनबाट न्याय र कानुनको क्षेत्रमा अपूरणीय क्षति पुग्न गएको सर्वोच्च अदालतले जनाएको छ ।
सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठक (फूलकोट)ले उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको निधनमा उच्च अदालत पाटन, हेटाँैडा इजलास तथा ती मातहतका जिल्ला अदालत शोक बिदाका रूपमा बन्द रहने निर्णय गरेको छ ।
“न्यायाधीश मरासेनीको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्वलाई गुमाएको छ”, पूर्ण बैठकपछि सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । न्यायाधीश मरासेनीको मङ्गलबार बिहान हृदयघातका कारण निधन भएको थियो । उहाँ न्यायाधीशका रूपमा सेवारत रहँदा स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यतालाई स्थापित गर्न एवं न्याय र कानुनको क्षेत्रको विकासका लागि पु¥याउनु भएको योगदान अतुलनीय रहेको विज्ञप्तिमा उल्लेख छ ।
विसं २०२४ जेठ २८ गते स्याङ्जामा जन्मनुभएका न्यायाधीश मरासेनीले २०५० साउन १ गतेदेखि नेपाल न्याय सेवामा शाखा अधिकृतको पदबाट सेवा प्रारम्भ गर्नुभएको थियो । उहाँ २०७० जेठ २७ गते जिल्ला न्यायाधीश पदमा नियुक्त हुनुभएको थियो । साथै उहाँ २०८० पुस १९ गते उच्च अदालतको न्यायाधीश पदमा नियुक्त हुनुभएको थियो । उहाँको मङ्गलबार साँझ पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति