+

न्यायाधीश मरासेनीको निधनमा शोक बिदा

काठमाडौँ । उच्च अदालत पाटनले न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधनमा आज शोक बिदा दिने निर्णय गरेको छ ।

आज उच्च अदालत पाटन, हेटौँडा इजलास र मातहतका सम्पूर्ण जिल्ला अदालतमा शोक बिदा दिने निर्णय गरेको अदालतका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ । 
    
उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको मङ्गलबार हृदयघातका कारण ५६ वर्षको उमेरमा निधन भएको थियो । ह्दयघात भएपछि उहाँलाई उपचारका लागि कलङकीस्थित नेपाल नेशनल अस्पताल पुर्याइएको थियो । त्यहाँ उपचारका क्रममा उहाँको निधन भएको थियो । उहाँको मंगलबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै