
काठमाडौँ । पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा आज राति हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकामा आज अधिकतम तापक्रम १७.५ डिग्री सेल्सियस रह्योभने आज राति ३.५ भन्दा तल झर्ने अनुमान महाशाखाले गरेको छ ।
महाशाखाका मौसमविद् गङ्गा नगरकोटीका अनुसार अहिले सङ्घीय राजधानी काठमाडौँ उपत्यकासहित देशको पहाडी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति कोशी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । पश्चिमी वायु प्रभावकारी नहुँदा हिउँदे वर्षा हुन नसकेको मौसमविद् नगरकोटीले बताउनुभयो । “हिउँमा वर्षा गराउने भनेको पश्चिमी वायुको प्रभावले हो, यो वर्ष पश्चिमी वायुको प्रभाव आए पनि कमजोर किसिमको रहेकाले बाँदल लाग्ने भए पनि वर्षा गराउन सकेको थिएन । अबको केही दिन पश्चिमी वायुको प्रभाव रहेकाले देशका पश्चिमी भेगमा वर्षाको सम्भावना रहेको छ । तथापी पश्चिमी वायु देशको पूर्वी भेगतिर पुग्दा कमजोर भइसक्नेछ ।
भोलि माघ १७ गते कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम पहाडी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
माघ १८ गते मङ्गलबार पनि गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति