
काठमाडौँ । सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गर्नुभएको स्थान काठमाडौँको सिफल उकालोमा आज स्मृतिसभा गरी उहाँलाई सम्झाना गरिएको छ ।
सहिद सप्ताह मूल समारोह समिति काठमाडौँ महानगरपालिकाको आयोजना प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको स्थानमा स्मृतिसभा गरिएको हो । कामपाले यही माघ १० गतेदेखि माघ १६ गतेसम्म सहिद सप्ताह कार्यक्रम गर्दै आएको छ ।
सहिदको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै कामपाको उपप्रमुख सुनिता डङ्गोलले सुखसयल त्यागेर नागरिक स्वतन्त्रताका लागि प्राण उत्सर्ग गरेको बताउनुभयो ।
सहिद माथेमाको सम्मानमा कामपाले वडा नं २३ ओमबहालमा पार्क बनाएको छ । महानगरको लगानीमा निर्माण हुने मानवसेवा आश्रम उहाँकै नामबाट बनाउने योजनामा रहेको डङ्गोलले जानकारी दिनुभयो ।
सभामा वडा नं ७ का अध्यक्ष विमल होडाले, असल शासन र विधिको शासनको संस्थागत विकासले मात्र सहिदको सपना पूरा हुने बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले विद्यालयस्तरमा सहिदकाबारेमा बुझाउन सक्नुपर्छ, भन्नुभयो
विसं १९६६ आश्विन ९ गते काठमाडौँको ओमबहाल, नबहिलमा जन्मनुभएका माथेमालाई तत्कालीन सासकका विरुद्धमा गतिविधि सञ्चालन गरेको आरोपमा १९९७ कात्तिक २ गते पक्राउ गरिएको थियो । उहाँलाई १९९७ माघ १३ गते काठमाडौँको सिफलमा ३१ वर्षको उमेरमा बकाइनोको रुखमा झुन्ड्याएर प्राणदण्ड दिइएको थियो ।
तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरले १९९७ साल माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई ज्यानदण्ड दिने निर्णय गरेका थिए । निर्णय भएको चार दिनपछि शुक्रराज शास्त्रीलाई टेकु मचलीमा झुन्ड्याएर, सात दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुन्ड्याएर र नौ दिनपछि दशरथचन्द र गङ्गालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा गोली हानी मृत्युदन्ड दिइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति