
पर्सा। समाजवादी प्रेस संगठन, नेपालको केन्द्रीय समितिमा केही जिम्मेवारी हेरफेर भएको छ ।
संगठनको शुक्रबार वीरगन्जमा बसेको पदाधिकारी बैठकले विशेष कमिटी चयन गर्दै केहीको जिम्मेवारी फेरेको हो । वैठकले अध्यक्ष विश्वमणि सुवेदीको संयोजकत्वमा विशेष कमिटी बनाएको छ । विशेष कमिटीमा उपाध्यक्ष नवराज छतकुली, महासचिव रामकुमार एलन, कोषाध्यक्ष कृपा भण्डारी, बृजलाल पासवान, जीवन बिसी, नरेन्द्र साउदलाई राखिएको छ ।
विद्यावारीका लागि चीन गएका संगठनका उपाध्यक्ष तेजप्रसाद वाग्लेको राजीनामा स्वीकृत गरिएको संगठनले जनाएको छ । समाजवादी प्रेस संगठनले वाग्ले ठाउँमा एसोसिएट्स/प्रतिष्ठानका सविन शर्मालाई उपाध्यक्ष बनाएको छ । संगठनले केन्द्रीय सदस्य हरि जोशी(कैलाली)लाई अनुशासन आयोगको संयोजक तोकेको छ । नन्दराम जैसी (जुम्ला) र जीवन हमाललाई सदस्य राखिएको छ ।
वैठकले सहाना प्रधान स्मृति पत्रकारिता पुरस्कार, वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार र डेकेन्द्रराज थापा स्मृति पत्रकारिता पुरस्कारको नाम अनुमोदन गरेको छ । पत्रकार महासंघको निर्वाचनका क्रममा प्रदेश र जिल्लास्तरका सम्पूर्ण नीति र निर्णय प्रदेश कमिटीको बैठकले तय गरे बमोजिम हुने संगठनले जनाएको छ ।
सुवेदीको अध्यक्षतामा बसेको बैठक, महासचिव एलनले सञ्चालन गर्नुएको थियो। बैठकमा नेकपा एकीकृत समाजवादी, पर्सा अध्यक्ष बालगोपाल थापा र वीरगन्ज महानगर अध्यक्ष मनोज चौधरीलाई अतिथी बनाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति