
काठमाडौँ । टुरिष्ट गाइड’ एशोसिएशन अफ नेपाल (टुर्गान) को अध्यक्ष पदमा थानेश्वर देवकोटा निर्वाचित हुनुभएको छ ।
टुर्गानको बिहीबार राति सम्पन्न ३०औँ वार्षिक साधारणसभा तथा निर्वाचनमा अर्को अध्यक्षका प्रत्यासी कुमार पुरीलाई पराजित गर्दै देवकोटा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । महासचिवमा टङ्कप्रसाद दुवाडी, कोषाध्यक्षमा रोहितकुमार फुयाँल निर्वाचित हुनुभएको छ भने वरिष्ठ उपाध्यक्षमा प्रभालक्ष्मी प्रधानाङ्ग, प्रथम उपाध्यक्षमा शुकदेव सिग्देल, द्वितीय उपाध्यक्षमा उत्तमप्रसाद देवकोटा, सचिवमा माधवराज श्रेष्ठ यसअघि नै निर्विरोध चयन भइसक्नुभएको थियो ।सदस्यमा राजेन्द्रराज बज्राचार्य, नारायण बुढाथोकी, रामहरि तिम्सिना र सरस्वती घिमिरे निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत रमेश खतिवडाले जानकारी दिनुभयो ।
साधारणसभाको उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा दीपक काफ्लेले टुरिष्ट गाइड विदेशी पर्यटकलाई नेपालको दूतका रुपमा काम गर्ने भएकाले विदेशी पाहुनालाई राम्रो व्यवहार गरी अन्तर्राष्ट्रियस्तरमा नेपालकाबारेमा सही सन्देश प्रवाह गर्न आग्रह गर्नुभयो । उहाँले पछिल्लो समय नेपालको पर्यटन क्षेत्र विस्तारै लयमा फर्कंदै गएकाले सरकारले पर्यटन प्रवद्र्धनका कार्यक्रमलाई विशेष जोड दिइरहेको उहाँको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध