
पोखरा । सूर्यदर्शन सहकारीको रकम ठगी एवं अपचलको आरोपमा एमालेकी नेतृ एवं गण्डकी प्रदेश सभाकी पूर्व सदस्य मीना गुरुङ पक्राउ पर्नुभएको छ । एमालेको मजदुर संगठन जिफन्टमा लामो समय काम गर्नुभएकी पोखरा–१२ रानीपौवा निवासी ६३ वर्षीया गुरुङ प्रहरीको फरार सूचीमा हुनुहुन्थ्यो ।
उहाँलाई प्रहरीले मंगलबार निवासबाटै पक्राउ गरेको हो ।
उहाँलाई बुधबार जिल्ला अदालत कास्कीमा पेश गरिने कास्की प्रहरीका प्रवक्ता बसन्तकुमार शर्माले जानकारी दिनुभयो । पक्राउ पर्नुभएकी गुरुङलाई सहकारी ठगीको अभियोग लगाइएको छ ।
सहकारीको ठगी सम्बन्धमा आइतबार आभियोग पत्र दर्ता भएका ४४ जनामध्ये एमाले नेतृ गुरुङ समेत हुनुहुन्छ । सूर्यदर्शन सहकारी स्थापना कालमा तत्कालिन तर्दथ समितिको सदस्य र पछि सञ्चालक समितिको उपाध्यक्ष भई काम गर्नुभएकी गुरुङ ०७४ सालमा गण्डकी प्रदेश सभामा समानुपातिकबाट सांसद बन्नुभएको थियो ।
०७९ को निर्वाचनमा भने उहाँ कास्की २ ख बाट पराजित हुनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति