
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले निर्माण भएका एवं मर्मत भएका सडकको गुणस्तर परीक्षणका लागि ‘कोर कटिङ’ नमूना प्रयोगशालामा पठाउने गरेको छ । परीक्षणबाट कालोपत्र गर्न प्रयोग गरिएको ‘विटुमिन’ को मात्रा तथा गुणस्तर, कालोपत्रको मोटाइ, खँदिलोपना, निर्माण सामग्रीको मिश्रण मात्राका बारेमा थाहा पाउन सकिने कामपाको भनाइ छ ।
सडकको दायाँ भाग, केन्द्र भाग र बायाँ भाग गरी विभिन्न स्थानबाट परीक्षणका लागि कटिङ गरिने कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो । कामपाको अनुगमन समितिको संयोजकसमेत रहनुभएको डङ्गोलले कोर कटिङले मर्मत भएका सडकहरूको अवस्था थाहा पाउनका लागि निकै सहयोग पुग्ने बताउनुभयो ।
पूर्वाधार सुधार गरेर काठमाडौँलाई धुलोरहित सहर बनाउने कामपाको ‘धुलोरहित सडक’ कार्यक्रम ३ वर्षसम्म सञ्चालन हुने बहुवर्षीय योजना हो । यसका लागि हरेक वर्ष करिब १ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । कामपाको भौगोलिक क्षेत्रलाई चार भागमा विभाजन गरेर हरेक क्षेत्रका लागि एउटा प्याकेज बनाइएको छ । यसअन्तर्गत पूर्व क्षेत्रमा वडा नम्बर ६, ७, ८, ९, १०, ३१, ३२ पर्छन् । यी वडामा काम गर्न करिब ९० करोड रुपैयाँ लागत अनुमान गरिएको थियो ।
सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यका अनुसार शाक्यका अनुसार धुलोरहित सडक कार्यक्रमअन्तर्गत कुनै पनि ठाउँ नछोडी सबै सडक कालोपत्र हुनेछ । मर्मतसम्भार कार्यक्रम र पूर्वाधार एम्बुलेन्स कार्यक्रमअन्तर्गत भत्किएको, भासिएको वा बिग्रिएको ठाउँलाई तत्काल मर्मत गर्ने काम हो । यसमा पनि सडक कालोपत्र गर्ने काम गरिन्छ । तर यो खण्ड खण्डमा मात्र हुन्छ ।
‘शहरलाई धुलोरहित बनाउन कामपाले पूर्वाधार निर्माण गरेपछि यसको उपयोगमा स्थानीयवासीबाट पूरा गर्नुपर्ने दायित्व पनि छन्’ वडा नम्बर ४ का अध्यक्ष दिनेश महर्जन भन्नुहुन्छ– ‘घर, पसल वा व्यवसायको भुइँ बढारेको उत्पादन भएको धुलो सडक र नालीमा फाल्ने आचरणमा सुधार आउनुपर्छ । धुलोरहित कार्यक्रमको दिगो प्रयास यहीँबाट शुरू हुन्छ, बानीमा परिवर्तन ल्याउनुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति