
कास्की । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर भएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेसहित ४ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा आइतबार मुद्दा दायर गरिएको हो ।
जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले लामिछानेसँगै रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाइविरुद्ध ज सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएको जनाकारी दिनुभएको छ ।
पूर्वगृहमन्त्री लामिछानेमाथि २७ करोड ८९ लाख ४४ हजार ७ सय रुपैयामँ बिगो दाबीसहित मुद्दा दर्ता गरिएको उहाँले बताउनुभयो । यस्तै जोशीविरुद्ध ७४ करोड ३४ लाख ७१ हजार रुपैया बढी बिगो दाबीसहित मुद्दा दायर गरिएको छ । अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित अभियोगपत्र दर्ता गरिएको सहायक जिल्ला न्यायाधिवक्ता शर्माले बताउनुभयो ।
लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा र ३१ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरिएको छ । सरकारी वकिल कार्यालयका अनुसार सहकारी ठगी प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ ।
जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा सभापति लामिछानेसहित विभिन्न व्यक्तिविरुद्ध सजायको माग दाबीसहित अभियोगपत्र दर्ता भएको बताउनुभयो । सहकारी बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरिएको हो।
लामिछानेमाथि कास्कीसहित अन्य जिल्ला समेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति