
काठमाडौँ । नागार्जुन नगरपालिका–७ रामकोटमा धार्मिक पर्यटन प्रवद्र्धनका लागि ४० करोड रुपैया लगानीमा ‘बद्रीनारायण धाम’ निर्माण गरिएको छ । पण्डित स्वर्गीय नारायण पोखरेलको स्मृतिमा स्थापित नारायण पोखरेल प्रतिष्ठानले धाम निर्माण गरेको हो ।
धाम आगामी वैशाख १९ गतेदेखि २७ गतेसम्म मूर्तिको प्राणप्रतिष्ठा गरी नित्य पूजाको व्यवस्थापन तथा उद्घाटन गरिने र यसका लागि निर्माण व्यवसायी जयराम लामिछानेको संयोजकत्वमा तीन हजार एक सदस्यीय मूल समारोह समिति गठन गरिएको प्रतिष्ठानका संरक्षक एवं अध्यक्ष वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलले जानकारी दिनुभयो ।
रामकोटमा २२ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको धाममा ७ करोड रुपैयाँ लगानीमा प्यागोडा र शिखर शैलीमा मन्दिर निर्माण सम्पन्न भइसकेको छ भने आध्यात्मिक केन्द्र, साधना केन्द्र, अत्याधुनिक गुरुकुल, भक्तजनलाई वासस्थानको व्यवस्थालगायतका संरचना निर्माण भइरहेको छ ।
केन्द्र, प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा लागत जुटाउने काम भइरहेको अध्यक्ष पोखरेलले बताउनुभयो । धाम निर्माणका सरकारले जग्गा उपलब्ध गराएको थियो । चार धाममध्ये विशेष एक धाम रामकोटमा छ भन्ने सन्देश दिनका लागि बद्रीनारायणधाम निर्माण गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।
स्वर्गीय पोखरेल आध्यात्मिक क्षेत्रबाट मुलुकको विकासमा सक्रिय हुनुहुन्थ्यो । उहाँले भौतिक विकास नभएसम्म समुन्नत मुलुक निर्माण हुन सक्दैन भन्ने मान्यता राख्दै आउनुभएको थियो । विसं २०११ जेठ ३२ गते गोरखाको बगुवामा जन्मनुभएका पोखरेलको २०६२ वैशाख २३ गते रुपन्देहीको रामापुरमा हत्या गरिएको थियो । उहाँ नेपालको पहिलो धार्मिक सहिदसमेत हुनुहुन्छ । स्वर्गीय पोखरेललाई जनस्तरबाट वाचन शिरोमणिको उपाधि दिइएको थियो ।
स्वर्गीय पोखरेलले देशभरका ६५ भन्दा बढी जिल्लामा एक हजार एक सय ३६ पुराण वाचन गर्नुभएको थियो । पोखरेलको निधन भएसँगै २०६४ असोज २३ मा स्थापना भएको नारायण पोखरेल प्रतिष्ठानले उहाँको व्यक्तित्व र कृतित्वलाई जीवन्त राख्ने काम गर्दै आएको छ ।
प्रतिष्ठानका संरक्षक एवं अध्यक्ष दिनबन्धु पोखरेलले स्व नारायण पोखरेललाई जीवन्त राख्नका लागि बृहद् बद्रीनारायण धामसहितको नारायण आध्यात्मिक केन्द्र स्थापना गरिएको बताउनुभयो । ‘नेपालमै ठूलो आध्यात्मिक थलो निर्माण गर्ने प्रतिष्ठानको मुख्य उद्देश्य हो, त्यो उद्देश्य पूरा हुँदै गएको छ’ उहाँले भन्नुभयो ।
धाममा बद्रीनारायण मन्दिरबाहेक धामको प्रशासनिक भवन, नारायण पोखरेल प्रतिष्ठानको कार्यालय, योग ध्यान केन्द्र, हवन कुण्ड, गणेश, सूर्य, देवी र शिवसहितको पाञ्चायन मन्दिर निर्माण हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति