
रौतहट । चन्द्रनिगाहपुर नगर अस्पतालमा ट्रमा सेन्टर सञ्चालन गर्न आवश्यक उपकरण हस्तान्तरण गरिएको छ । लायन्स अन्तर्राष्ट्रिय क्लब र चन्द्रपुर नगरपालिकाको साझेदारीमा अस्पताललाई १ करोड ६० लाख रुपैयाँ मूल्य बराबरको विभिन्न उपकरण हस्तान्तरण गरिएको हो ।
पूर्वपश्चिम महेन्द्र राजमार्ग नजिक रहेको चन्द्रनिगाहपुर अस्पतालमा ट्रमा सेन्टर सञ्चालनको लागि लायन्स अन्तर्राष्ट्रिय क्लब र चन्द्रपुर नगरपालिकाको साझेदारीमा चन्द्रनिगाहपुर अस्पताललाई ट्रमा सेन्टर सञ्चालनको लागि अतिआवश्यक सामग्री हस्तान्तरण गरिएको थियो ।
‘एनेस्थेसिया’, ‘भेन्टिलेटर’, ‘ओटी टेबल सेट’, ‘ओटी लाइट सेट’, ‘आइसियु बेड’सहित ‘सेटअफ’ लगायत ट्रमाका लागि आवश्यक पर्ने दुई सयभन्दा बढी उपकरण अस्पतालमा सहयोग स्वरूप प्राप्त भएको अस्पतालका प्रमुख डा अभिनन्दन श्रीवास्तवले जानकारी दिनुभयो ।
पूर्वपश्चिम राजमार्गसँग जोडिएको जिल्लाको चन्द्रनिगाहपुरमा ट्रमा सेन्टर सञ्चालनमा आएपछि प्राकृतिक प्रकोप, दुर्घटनामा परेका बिरामीलाई उपचारमा सहज हुने चन्द्रपुरका नगरप्रमुख सञ्जयकुमार काफ्लेले बताउनुभयो । लायन्स अन्तर्राष्ट्रिय क्लबले करिब १ करोड ६० लाख रुपैयाँ मूल्यका सामग्री हस्तान्तरण गरेपछि अस्पतालले कार्यविधि बनाएर सञ्चालनमा ल्याउने उहाँले उल्लेख गर्नुभयो ।
सडक दुर्घटना, प्राकृतिक विपद्ले मानवको अकालमा ज्यान नजाओस् भन्ने उद्देश्यले अस्पतालमा ट्रमा सेन्टर सञ्चालनमा ल्याउन लागिएको नगरप्रमुख काफ्लेले बताउनुभयो ।
लायन्स अन्तर्राष्ट्रियका प्रमुख बालकृष्ण बुर्लाकोटीले चन्द्रपुर राजमार्गसँग जोडिएकाले दुर्घटनाको जोखिम उच्च रहने भन्दै यहाँ ट्रमा सेन्टर सञ्चालन भएसँगै घाइतेले तत्काल उपचार पाउने विश्वास व्यक्त गर्नुभयो । लायन्सले विभिन्न परियोजनामार्फत शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा सहयोग गर्दै आइरहेको उहाँले जानकारी दिनुभयो ।
उपचारका लागि आवश्यक उपकरण पर्याप्त मात्रामा मौज्दात हुन थालेपछि बिरामीको चाप बढेको अस्पताल प्रशासनले जनाएको छ । निजी अस्पतालमा पाउने सुविधा सरकारी अस्पतालमा निःशुल्क पाउन थालेपछि उपचारमा सहज भएको स्थानीय अर्जुन मैनालीले बताउनुभयो ।
दक्ष स्वास्थ्यकर्मी, बिमा, सहज र सुलभ उपचार स्थानीयस्तरमा पाउन थालेपछि अस्पतालमा स्थानीयको घुइँचो हुन थालेको छ । स्वास्थ्य बिमा गराएकालाई सम्पूर्ण किसिमको औषधि समयमा उपलब्ध गराउनुपर्नेमा स्थानीय ट¬ङ्क देवकोटाले सुझाव दिनुभयो ।
सप्पूर्ण किसिमका बिरामीको प्रभावकारी, सहज र सुलभ उपचार गर्ने उद्देश्यले सरोकार भएका निकाय तथा संस्थाले विभिन्न उपकरण सहयोग गरिरहेका अस्पतालका प्रमुख डा श्रीवास्तवले बताउनुभयो । मङ्गलबार स्वास्थ्य मन्त्रालयको सहयोगमा एक थान ‘फोटो थेरापी’ र ‘इसिजी’ उपकरण सहयोग प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।
एक महिनासम्मका बच्चाहरूको उपचार गर्न फोटो थेरापी उपकरण आवश्यक रहेकामा स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको डा श्रीवास्तवले बताउनुभयो । यसअघि उपकरण नहँुदा बच्चाहरूको उपचार गर्न निजी अस्पतालमा पठाउनु परेकामा अब यो समस्या अन्त्य हुने उहाँले उल्लेख गर्नुभयो । उक्त उपकरण यथाशीघ्र सञ्चालन गरिने छ ।
अस्पतालले आकस्मिक सेवा, प्रसूति सेवा, बरिङ्ग (ओपिडी), प्रयोगशाला, एक्सरे, खोप, क्षयरोग, निःशुल्क फार्मेसी, बिमा सेवा सञ्चालन गर्दै आएको छ । यसअघि दैनिक तीन सयसम्म बिरामी आउने गरेकामा अस्पतालमा सम्पूर्ण किसिमका उपकरणको व्यवस्था भएपछि अहिले दैनिक तीन सय ५० देखि चार सयसम्म बिरामी आउने गरेका छन् ।
सर्पदंशको उपचार गर्न जिल्लाभरिका बिरामी चन्द्रनिगाहपुर अस्पतालमा आउने गर्दछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति