
जनकपुर । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाममा चिकित्सा शास्त्र अध्ययनअन्तर्गत स्नातक तह (एमबिबीएस) को अध्यापन शुरु भएको छ । सङ्घीय सरकारबाट यस वर्ष एमबिबीएसका ५० विद्यार्थीलाई अध्यापन गराउने अनुमति पाएपछि प्रसिष्ठानले अध्यापन शुरु गरेको हो ।
प्रतिष्ठानले प्राप्त गरेको ५० मध्ये ७५ प्रतिशत सिटमा विद्यार्थीको पूर्ण छात्रवृत्ति र २५ प्रतिशत सिटमा तोकिएको रकमको आधारमा नामाङ्कन गराइने प्रतिष्ठानका उपकुलपति डा अकुर साहले जानकारी दिनुभयो । पूर्ण छात्रवृत्तिअन्तर्गत ३८ जनाको नामाङ्कन गरिएको छ । विदेशी विद्यार्थीको हकमा ४५ लाख भारतीय रुपैयाँ लिने निर्णय भएको उहाँले बताउनुभयो ।
पूर्णछात्रवृत्ति नभएका विद्यार्थीको पनि नामाङ्कन शुरु गरिएको उपकुलपति डा साहले बताउनुभयो । अहिलेसम्म एकजना भारतीय विद्यार्थीको एमबिबीएसमा नामाङ्कन गरिएको छ । पुस २४ गतेसम्म नामाङ्कनको समयावधि तोकिएको छ । छात्रवृत्ति नपाएका विद्यार्थीसँग प्रतिष्ठानले ४५ लाख रुपैयाँ शुल्क तोकेको जनाउँदै उहाँले रकम तीन पटकमा बुझाउनुपर्ने उल्लेख गर्नुभयो ।
एमबिबीएसको अध्ययन जनकपुरधामस्थित प्रादेशिक अस्पतालको पछाडि रहेको एकेडेमी कलेजमा सञ्चालन हुने प्रतिष्ठानले जनाएको छ । यसअघि त्यो भवनमा नर्सिङका छात्रा अध्ययन गर्दै आएका थिए ।
एमबिबीएस अध्यापनका लागि शिक्षकको छनोट र नियुक्ति पहिला नै भइसकेको बताउँदै उपकुलपति डा साहले छनोट भएका शिक्षकहरूलाई प्रशिक्षक प्रशिक्षण दिने कार्य पनि भइसकेको जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति