
कालीकोट । राजमार्गको विस्तारसँगै कुनै बेला निकै ठूलो बजारका रुपमा विकास भएका कालीकोटका लालीघाट बजार र जितेगडा बजार अहिले सुनसान भएका छन् । कर्णाली राजमार्ग र कालीकोट/जुम्ला राजमार्ग जोड्ने सङ्गमस्थलका रुपमा रहेका लालीघाट बजार र जितेगडा बजार अहिले सुनसान भएका हुन् ।
कुनै बेला हुम्ला, मुगु, बाजुरा र कालीकोटका बासिन्दाको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेका नरहरिनाथ गाउँपालिका–१ को लालीघाट बजार र खाँडाचक्र नगरपालिका–२ मा पर्ने जितेगडा बजार अहिले सुनसान छन् ।
विगतमा दैनिक लाखौँको व्यापार हुने लालीघाट बजार र जितेगडा बजार अहिले पूरै खाली रहेका छन् । विगतमा सडकको पहुँच नहुँदा लालीघाट बजार जितेगडा बजारमा हुम्ला, मुगु, बाजुरा र कालीकोटका प्रमुख व्यापारिक केन्द्र रहेकामा अहिले गाउँ–गाउँमा सडक पुगेपछि बजार नै अहिले सुनसान बनेको जितेगडा बजारमा लामो समय व्यापार गर्नुभएका कालीकोट उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष तिलबहादुर शाहीले बताउनुभयो ।
‘हुम्ला जाने कर्णाली राजमार्ग नखुल्दासम्म लालीघाट र जितेगडा बजारमा लाखौँको व्यापार हुने गरेको थियो’ उहाँले भन्नुभयो– ‘अहिले गाउँगाउँमा सडकको पहुँच पुगेको छ, कर्णाली राजमार्गले अहिले बाजुरा, मुगु हुँदै हुम्लासम्म सडक पुगेका कारणले व्यापार बन्द भयो ।’ सडक सञ्जाल सबै ठाउँमा नपुगेका बेला राम्रो व्यापारिक केन्द्रका रुपमा रहेका बजार सडक पुगेपछि व्यापार हुन छाडेका कारणले आफू सुर्खेत झर्नुपरेको शाहीले बताउनुभयो ।
‘निकै चलहपहल भइरहने बजार अहिले सुनसान छ’ उहाँले भन्नुभयो– ‘विगतका व्यापारिक केन्द्रका व्यापारी अहिले कुनै गाउँमा नै जानुभयो, कोही व्यापारी अहिले खाली बस्नु भएको छ ।’ कर्णाली राजमार्ग र कालीकोट–जुम्ला राजमार्ग निर्माणसँगै बनेका ठाउँ बजार भएका तथा कर्णाली नदी र तिला नदीको बाढीपहिरोको उच्च जोखिममा रहेकाले व्यापारीले जोखिम मोल्न नचाहेका कारण पनि बजार बन्द हुन पुगेको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले बताउनुभयो ।
कर्णाली नदी र तिला नदीको किनार रहेको जिते बजार तथा लालीघाट बजार बाढीको उच्च जोखिममा रहेकाले कारणले यी बजारलाई अयन्त्र सर्न पुगेका अध्यक्ष विष्टले बताउनुभयो । ‘विसं २०७३ मा बाढीपहिरोले लालीघाटमा आठ जनाको ज्यान गएको थियो’ उहाँले भन्नुभयो– ‘पहिला व्यापार राम्रो हुने भएका कारणले पनि व्यापारीले बजार सार्न मानेका थिएनन्, अहिले व्यापार कम हुँदै गएका कारणले बजार बन्द भएर सुनसान भएका हुन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति