
ललितपुर । दिवंगत काठमाडौँका पूर्वनगरप्रमुख प्रेमलाल (पीएल) सिंहप्रति नेपाली कांग्रेसका नेताहरुले पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
८७ वर्षको उमेरमा निधन हुनुभएका पूर्वमन्त्री एवम् पूर्वनगरप्रमुख सिंहको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि अपरान्ह १२ बजेदेखि २ः३० बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको थियोे ।
स्वर्गीय सिंहलाई पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्री जीवन परियार, पूर्वउपसभापति गोपालमान श्रेष्ठलगायतले पुष्ष गुच्छासहित श्रद्धाञ्जली अर्पण गर्नुभएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
स्वर्गीय नेता गणेशमान सिंह निकट रहेर लामो समय काम गर्नुभएका सिंहले नेपाली कांग्रेसको पार्टी संगठनका साथै नेपालको राजनीतिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पु(याउनु भएको उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहका प्रेस संयोजक जगन्नाथ दुलालले बताउनुभयो ।
उहाँ २०४९ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौँको प्रमुख पदमा निर्वाचित हुनुभएको थियोे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति