
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र उपप्रमुख सुनिता डङ्गोलले कामपाका पूर्वप्रमुख पिएल सिंहको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
आज चाक्सीबारी पुगेर पुष्पगुच्छा अर्पण गर्दै उहाँहरूले पूर्वप्रमुखको पार्थिव शरीरलाई बिदाइ र शोकसन्तप्त परिजनमा समवेदना प्रकट गर्नुभएको हो । उहाँहरूसँगै कामपाका प्रवक्ता नवीन मानन्धर, विषयगत समितिका संयोजक, कार्यपालिका सदस्य, नगरसभा सदस्य र कर्मचारीहरूले सिंहको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गर्नुभएको छ ।
पूर्वप्रमुख सिंहको ८८ वर्षको उमेरमा आज बिहान निधन भएको हो । पछिल्लो समय उपचारसँगै उहाँ ठमेल चाक्सीबारी बस्दै आउनुभएको थियो । पूर्वमन्त्रीसमेत रहेका सिंहको पेटमा अल्सर भएपछि गत वर्ष पेटको शल्यक्रिया गरिएको थियो । विसं १९९६ चैत ११ गते जन्मनुभएका सिंह २०४९ सालमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौँ नगरपालिका प्रमुखमा निर्वाचित हुनुभएको थियो । उहाँकै कार्यकाल २०५२ साल मङ्सिर २९ गते नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको हो ।
कामपाले स्वर्गीय सिंहको निधनप्रति सम्मान प्रकट गर्दै आज केन्द्रीय कार्यालय र मातहतका सबै वडा कार्यालयका अत्यावश्यक बाहेक सेवा बन्द गरी शोक बिदा दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति