
बझाङ । नेकपा एमाले बझाङको अध्यक्षमा दिलबहादुर भण्डारी निर्वाचित हुनुभएको छ । भण्डारी प्रतिस्पर्धी कलकबहादुर खड्कालाई ५५ मत अन्तरले हराउँदै जिल्ला अध्यक्ष बन्नुभएको हो । भण्डारी निर्वतमान अध्यक्ष समेत हुुनुहुन्छ ।
जिल्ला अधिवेशनमा भण्डारीले २ सय ८ मत ल्याउनु भएको छ । अध्यक्षका अर्को प्रत्यासी खड्काले १५३ मत पाउनुभएको छ ।
शनिबार भएको अधिवेशनबाट जिल्ला उपाध्यक्षमा लालबहादुर बिष्ट निर्वाचित हुनुभएको छ । बिष्ट २ सय १७ मत ल्याएर उपाध्यक्ष निर्वाचित हुँदा प्रयागराज जोशीले १ सय २१ मत पाउनुभएको छ । सचिवमा २ सय ५ मत ल्याएर नरनबहादुर बोहरा निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी लोकेन्द्रबहादुर सिंहले १ सय ६९ मत पाउनुभएको छ ।
खुला उपसचिवमा २ सय २३ मत ल्याएर पंकज भण्डारी निर्वाचित भएको छ । उहाँका प्रतिस्पर्धी दिनेशकुमार नेपालीले १ सय ३७ मत पाउनुभएको छ ।
महिला उपसचिवमा १ सय ६६ मतसहित राधा बिष्ट खत्री निर्वाचित हुनुभएको छ । उहाँकी प्रतिस्पर्धी पार्वती कुवर भण्डारीले १ सय ३ र जुना जाग्रीले ६९ मत पाउनुभएको छ ।
विभिन्न पटक सर्दै आएको एमाले बझाङको अधिवेशन अब भने सम्पन्न भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति