
सप्तरी । बोदेबरसाइन नगरपालिका–१० खडकपुरमा भारतीय जीपले मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु भएको छ । सुभनपट्टीबाट बोदेबरसाइनतर्फ आउँदै गरेको विआर ०७ बिएबी ८१७२ नम्बर भारतीय स्कारपिओ जीपले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिएको हो ।
दुर्घटनामा मोटरसाइकल पछाडि सवार खडक नगरपालिका–७ कल्याणपुर बस्ने ३२ वर्षीय मोहम्मद कोराइस अलिको अस्पताल जाने क्रममा मृत्यु भएको बोदेबरसाइन प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक खडक नगरपालिका ११ का २४ वर्षीय मो सदाम गम्भीर घाइते भएका छन् । उउनको स्थानीय जीवनज्वति अस्पताल बोदेबर्साइनमा उपचार भइरहेको छ ।
मोटरसाइकललाई ठक्कर दिने स्कारपिओ इलाका प्रहरी कार्यालय बोदेबर्साइनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । स्कारपिओका चालक भने फरार भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति