
काठमाडौँ । काठमाडौँ बाहिरका विमानस्थलमा अनिवार्य रात्रि बिसान गर्नुपर्ने भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन विमानस्थलले आन्तरिक उडानका वायुसेवा प्रदायकलाई जहाजको रात्रि बिसान काठमाडौँ बाहिरका विमानस्थलमा गराउने एक वर्षअघि निर्णय गरेको छ ।
निर्णयअनुरुप वायुसेवा कम्पनीले जहाज काठमाडौँबाहिरका विमानस्थलमा राखेर काठमाडौँका लागि पहिलो उडान पनि सञ्चालन गर्दै आइरहेका थिए तर पछिल्लो समय कतिपय जहाज प्राविधिक, मौसमलगायत कारण देखाएर एयरलाइन्सले काठमाडौँमा रात्रि बिसान गर्न थालेपछि विमानस्थले पुनः कडाइ गर्ने भएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रि बिसान नगर्न वायुसेवा कम्पनीलाई दिएको निर्देशन कार्यान्वयनमा कडाइ गर्न लागिएको विमानस्थल कार्यालयले जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत वर्ष नै काठमाडौँ ‘बेस’ भएर उडान गरिरहेका वायुसेवा कम्पनीलाई काठमाडाँंैमा रात्रि बिसान नगरी काठमाडौँबाहिरका विमानस्थलमा लैजान निर्देशन दिएको हो।
कतिपय एयरलाइन्सले तोकेको ‘बेस’मा जहाज रात्रि बिसान नगरी विभिन्न कारण देखाउँदै काठमाडौँमा भीडभाड हुन थालेपछि थप कडाइ गर्न लागिएको बताउनुभयो । “पछिल्लो समय एयरलाइन्सले कहिले प्राविधिक र कहिले मौसमको कारण देखाउँदै काठमाडौँ विमानस्थलमा रात्रि बिसान गर्न थालेपछि भीडभाड बढेकाले थप कडाइ गर्न लागिएको हो”, विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले भन्नुभयो, “एयरलाइन्सलाई विभिन्न ‘बेस’ तोकिएको छ, । त्यही अनुसार उनीहरुले जहाज रात्रि बिसान गर्नुपर्छ ।”
काठमाडौँ बाहिरका चन्द्रगढी, विराटनगर, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढी लगायतका विमानस्थलमा जहाजको रात्रि बिसान हुने गरेको छ । ती जहाजले काठमाडौँका लागि सम्बन्ध्ति गन्तव्यबाट पहिलो उडान गर्दै आएका छन् ।
महाप्रबन्धक तिवारीका अनुसार उडान चाप व्यवस्थापन र जहाज पार्किङको जोखिम पनि कम हुने भएकाले काठमाडौँबाहिरका विमानस्थलमा रात्रि बिसानका लागि थप प्रभावकारी बनाउन लागिएको हो । यसबाट काठमाडौँबाहिरबाट आउने यात्रुलाई पनि यसले सहज हुनेछ ।
प्राधिकरणको निर्णयअनुसार निजी क्षेत्रका बुद्ध एयरको ६। यती एयरलाइन्स र श्री एयरलाइन्सको समान २ तथा सौर्य, सीता, तारा एयरका समान १, १ जहाज मात्रै काठमाडौँ विमानस्थलमा रात्रि बिसान गर्न पाइने निर्णय भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एमालेको युवा महोत्सव आज
- आज लोकतन्त्र दिवस
- आगमी दुई दिन अत्यधिक गर्मीको सम्भावना
- उर्जा राज्यमन्त्री तामाङ बर्खास्त
- शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त
- २२ औँ दिनपनि शिक्षकहरु सडकमा
- हाजिर जमानीमा रिहा भए तीनकुने घटनाका थप १० आरोपी
- माओवादीले भन्यो- यो सरकारलाई सत्तामा बस्ने नैतिक अधिकार छैन
- भ्रष्टाचारमा दोषी ठहर भएका कर्मचारीले पेन्सन नपाउने
- राजपत्र अनङ्कित कर्मचारीद्वारा आन्दोलन घोषणा, सेवा ठप्प पार्ने चेतावनी