
काठमाडौँ । सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा हुने भएको छ ।
आउने मार्च २१ र २२ अर्थात् चैत ८ र ९ गते हुने सम्मेलनमा विश्वका विभिन्न देशका क्यान्सर रोग विशेषज्ञहरूको सहभागिता रहनेछ ।
सम्मेलनका निर्देशक तथा विनयतारा फाउन्डेसनका अध्यक्ष डा विनय शाहले सम्मेलनमा अमेरिका, भारत, बङ्गलादेश, नेपालका क्यान्सर रोग विशेषज्ञ र यसको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, नर्स र सरोकारवालाहरू सहभागी हुने जानकारी गराउनुभयो ।
विश्वभर क्यान्सर उपचारमा भइरहेका नयाँ प्रगति, प्रविधि, अनुसन्धान र चिकित्सकहरूका अनुभव सम्मेलनमा समेटिने आयोजकले जनाएको छ ।
शाहले भन्नुभयो– ‘दुई दिन चल्ने सम्मेलनमा नीतिगत बहस हुनेछन् । स्तन क्यान्सर, फोक्सो क्यान्सर, स्त्रीरोग क्यान्सर, रगत क्यान्सर लगायत विभिन्न क्यान्सरका विषयमा बहस हुनेछ । स्वास्थ्य बीमाका विषय लगायतमा बहस हुनेछन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति