
पर्वत । नेपाल पत्रकार महासङ्घ पर्वत शाखाको अध्यक्षमा लक्ष्मीप्रसाद सापकोटा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
बुधबार भएको मनोनयनका क्रममा अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी दर्ता भएकोमा गणेश गिरीले उम्मेदवारी फिर्ता लिएपछि सापकोटा सर्वसम्मत हुनुभएको हो ।
समितिको खुला उपाध्यक्षमा रञ्जना खत्री, महिला उपाध्यक्षमा सङ्गीता केसी बानियाँ, सचिवमा साजन परियार, सहसचिव (समावेशीमां विष्णु सापकोटा गौतम, सहसचिव खुल्लामा राजन पौडेल र कोषाध्यक्षमा दीपेश विक रहनुभएको छ ।
महासङ्घका सदस्यमा सङ्गीता केसी, रमा सुवेदी, इन्द्रकुमार विकल्प, सन्तोष पराजुली, मीना पराजुली, मुनाकुमारी लामिछाने, विकासराज पौडेल र गीताकुमारी शर्मा रहनुभएको छ ।
पर्वतबाट केन्द्रीय परिषद् सदस्यमा सरस्वती शर्मा जिज्ञासु र कृष्णबहादुर अखेली चयन हुुनभएको छ भने प्रदेश परिषद् सदस्यमा विशन क्षेत्री र डिलबहादुर विक चयन हुनुभएको छ ।
अध्यक्ष सापकोटा विगत डेढ दशकदेखि राष्ट्रिय समाचार समिति ९रासस०को पर्वत प्रतिनिधिका रुपमा कार्यरत हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति