
काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका लागि आवासीय नेपाली राजदूतमा सिफारिस हुनुभएका पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ गरेको छ ।
संसदीय सुनुवाइ समितिले आज एक सूचना जारी गर्दै राजदूत नियुक्तिका लागि सिफारिस हुनुभएका नेपालीलाई उक्त पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत प्रमाणसहित १० दिनभित्रमा उजुरी दिन अनुरोध गरेको छ ।
समितिले उजुरी वा सूचना समितिको सचिवालय वा जिल्ला प्रशासन कार्यालयमार्फत पठाउन सकिने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति