
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले बेञ्च र बारबीच समन्वय गरी न्याय मर्न नदिने गरी काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।
उच्च अदालत बार एशोसिएशन पाटनको २७औँ वार्षिक साधारणसभामा आज न्यायाधीश प्रधानले कुनै विषयमा समस्या भए मिलेर समाधान गर्नुपर्ने तर न्याय मर्न नदिने गरी काम गर्नुपर्ने बताउनुभएको हो । उहाँले छिटो छरितो न्यायका लागि बारको समन्वय, सहयोग र समझदारीको भूमिका महत्वपूर्ण हुने र आगामी दिनमा पनि थप सहयोगको अपेक्षा रहेको बताउनुभयो ।
नेपाल बार एसोसिएनका अध्यक्ष गोपालकृष्ण घिमिरेले कानुनविपरीत न्यायाधीश बढुवा गरिएको दाबी गर्दै सो विषयमा बारको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले नेपालको न्यायालयको साख जोगाउन स्वतन्त्र र पारदर्शी ढङ्गले काम गर्नकै लागि बार जरुरी भएको बताउनुभयो ।
पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौलाले पुराना मुद्दाको पेसी स्थगन नगर्ने, बार र बेञ्चको सम्बन्ध सेवाग्राहीको हितमा हुनुपर्नेमा अदालतले ध्यान दिएको बताउनुभयो । उहाँले फैसला लेखनलाई तीव्रता दिने र फैसला लेखनलाई दुई महिनाभित्रै सक्ने प्रत्यन्त भइरहेको जानकारी दिनुभयो ।
स्वतन्त्र, सक्षम, निष्पक्ष तथा विकृति र विसंगतिरहित न्यायपालिका, विधिको शासन, मानव अधिकारका विषयमा बारले निरन्तर खबरदारी गर्दै आएको भए पनि हालैका दिनमा यसको मर्मविपरीत काम भइरहेकाले स्वतन्त्र न्यायपालिकाको गरिमामा आँच पुग्न गएको बारको दाबी छ ।
बारले गत असोज १ गते जारी भएको न्याय परिषद् नियमावली, २०७४ (पहिलो संशोधन, २०८०) ले न्यायाधीशको वृति विकास र क्षमतामा प्रभाव पार्ने गरी न्यायाधीशहरुको रोलक्रममा फेरबदल हुने कार्य भएको दाबी गर्दै त्यसलाई खारेज गरी साविककै व्यवस्था कायम राख्न तथा संविधानको मर्मविपरीत नहुने गरी संशोधन गर्न न्याय परिषदसँग माग गरेको छ ।
बारले अदालतमा कारबाही चलिरहेको तथा अनुसन्धानका क्रममा रहेका मुद्दाका सम्बन्धमा अदालतबाट न्याय निरुपण नहुँदै मुद्दाको अनुसन्धान तथा सुनुवाइमा प्रतिकूल असर पर्ने गरी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा टिकाटिप्पणी नगर्न आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति