
काठमाडौँ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारितभएको २१ वर्ष पूरा भएको अवसरमा आज देशभर ‘भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’ विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहका साथै भ्रष्टाचारविरुद्ध तथा सुशासनका पक्षमा क्रियाशील विभिन्न सामाजिक सङ्घ संस्थालेसमेत विविध कार्यक्रमको आयोजना गरी यो दिवस मनाएका छन् ।
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा नेपालमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायमका लागि भएका प्रयास तथा उपलब्धिबारे गम्भीर समीक्षाको खाँचो आँैल्याइएको छ । सोही उपलक्ष्यामा ट्रान्सपरेन्सी इन्टरनेसनललगायत संस्थाको अगुवाइमा काठमाडौँको माइतिघरस्थित सडकमा भ्रष्टाचार विरुद्धको अभियानप्रति ऐक्यबद्धता जाहेर गर्दै आज बिहान १० देखि ११ बजेसम्म एक घण्टा प्रदर्शन गरियो ।
नागरिक समाजका अगुवा, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिका साथै ट्राफिक प्रहरीबाट समेत ऐक्यबद्धता प्रकट गरिएको उक्त प्रदर्शनीमा न्याय निसाफमा हुने आर्थिक मोलमोलाइले देशलाई खोक्रो बनाउने विषय प्लेकार्डमा उल्लेख गरिएको थियो ।
त्यस्तै, भ्रष्टाचार नियन्त्रण गर्ने अभियानमा पीडित जनता अब आफै सक्रिय हुनुपर्ने तथा भ्रष्टाचार घातक रोग भएकाले यसको अन्त्य गरिनुपर्ने विषय त्यस अवसरमा प्लेकार्ड प्रस्तुत गरियो । ट्रान्सपरेन्सी इन्टरनेशनल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन, महालेखा परीक्षकको प्रतिवेदनजस्ता सरकारी निकायकै आधिकारिक दस्तावेज र तथ्य–तथ्याङ्कले मुलुकमा भ्रष्टाचार बढिरहेको देखाएको छ ।
तथापी, तीनै तहका सरकार तथा सरोकारवाला निकायसमेत भ्रष्टाचार घटाउन र सुशासन कायम विभिन्न पाटाबाट भगिरथ प्रयास गरिरहेका छन् । मुलुकको हालको अवस्थाले भ्रष्टाचार कम भएको सङ्केत तथा तत्कालै सुधार हुने सम्भावना कम देखिएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष मदनकृष्ण शर्मा बताउनुहुन्छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले भ्रष्टाचारविरुद्धको अभियानमा लामो समयदेखि सहकार्य गर्दैआएको छ । नेपाल सरकार, पूर्वसचिव तथा पूर्वकर्मचारी सेवा परिषद्का अध्यक्ष बालकृष्णप्रसाद प्रसाइँले भ्रष्टाचारविरुद्धको अभियान राजनीतिक नेतृत्व र कर्मचारी प्रशासकमै पनि बोली तथा व्यवहारमा एकरुपता नदेखिएको प्रतिक्रिया दिनुभयो ।
उहाँ भन्नुहुन्छ, “राजनीतिक नेतृत्वको बोलीमा प्रतिबद्धता र सरकारी कार्यालको मूलद्वारमा भ्रष्टचारविरुद्धमा शून्यसहनशीलता लेखिपनि व्यवहारमा भनाइ र गराईबीच ठूलो खाडल छ ।” ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका सदस्य किरण थापाले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस भएकाले त्यसप्रति ऐक्यबद्धता प्रकट गर्दै प्लेकार्डसहित प्रदर्शन गरिएको प्रतिक्रिया दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै