+

जुवातास खेलिरहेका १६ जना पक्राउ

काठमाडौँ ।  काठमाडौँ महानगरपालिका–१५ डल्लु  र नागार्जुन नगरपालिका(३ गैरीगाउँमा जुवातास खेलिरहेको अवजस्थामा १६ जना पक्राउ परेका छन् । 

पक्राउ परेका उनीहरुलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।  काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने ६० वर्षीय दिलबहादुर लाम्गादेको घरमा जुवातास खेलिरहेको अवस्थामा दिलबहादुर समेत ७ जना तथा नागार्जुन नगरपालिका–३ गैरीगाउँ बस्ने हर्कबहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा त्यही ठाउँ बस्ने ४७ वर्षीय दोर्जे लामा समेत ९ जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरीले दिलबहादुरको घरबाट पक्राउ परेकाहरुको साथबाट  ६३ हजार २ सय ८० रुपैयाँ र तीन बुक तास तथा दोर्जे लामाको घरबाट पक्राउ परेकाहरुको साथबाट २ लाख ९९ हजार ७ सय ४५ रुपैयाँ  र तीन बुक तास बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट