+

तुलसीपुरका सबै वडा आफ्नै भवनबाट जनसेवा गर्दै

दाङ । तुलसीपुरका सबै वडा कार्यालयले आफ्नै भवनबाट सेवा प्रवाह गर्न थालेका छन् । 

भवनविहीन तुलसीपुर–१९ ले पनि आजदेखि आफ्नै भवनबाट सेवा प्रवाह गरेको छ । यसअघि अन्य १८ वटै वडा कार्यालयले आफ्नै भवनबाट सेवा प्रवाह गर्दै आएका थिए । 

‘हामीले आजदेखि सबै वडा कार्यालयका आफ्नै भवनबाट सेवा दिन शुरु गरेका छौँ’  उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले भन्नुभयो । यसअघि शिक्षा, स्वास्थ्य, पशु र कृषि शाखा भाडाका भनवमा सञ्चालन भएका थिए । 

पालिकाले वडा–वडामा सञ्चालनमा ल्याएका स्वास्थ्य केन्द्रलाई पनि केही समयमा आफ्नै भवनबाट सेवा दिनेगरी पक्रिया अगाडि बढाएको नगरप्रमुख खड्काले बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट