
गण्डकी । लेखनाथ नेवा खलको आह्वान एवं लेखनाथ नेवा मिसा पुचको आयोजनामा आउने पुस ६ गते पोखरा महानगरपालिका–३० मा यःमरी उत्सव गरिने भएको छ ।
उत्सवबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा लेखनाथ नेवा मिसा पुचका संस्थापक अध्यक्ष एवं कार्यक्रम मूल आयोजक समितिका संयोजक मेनुका श्रेष्ठले नयाँ पुस्तामा नेवाःसंस्कृतिको पुस्तान्तरणका लागि उत्सव आयोजना गर्न लागिएको बताउनुभयो ।
संरक्षणको अभावमा हाम्रा संस्कार र संस्कृति हराउँदै गएको बताउँदै उहाँले यःमरी बनाउने र खाने संस्कृतिको जगेर्ना गर्दै यसको प्रवर्द्धन र पुस्तान्तरण गर्न लेखनाथ क्षेत्रमा पहिलो पटक यो उत्सव गर्न लागिएको जानकारी दिनुभयो । उत्सवका क्रममा विशेषतः यःमरीसँगै समयवजी जस्ता नेवाः संस्कृतिसँग जोडिएका परिकार उपलब्ध गराइने उहाँले बताउनुभयो ।
लेखनाथ नेवा खलःका संस्थापक अध्यक्ष प्रेम लिगलले प्राचीन संस्कार र संस्कृति हाम्रो सभ्यताका पहिचान भएका बताउँदै यिनीहरूको प्रवर्द्धन गर्दै युवा पुस्तामाझ हस्तान्तरण हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । यःमरी पुन्हीका अवसरमा खाइने यःमरीको नेवारी संस्कृतिमा विशिष्ट महत्व रहेकाले यसको पुस्तान्तरण हुनु जरुरी रहेको उहाँको भनाइ छ ।
गगन नेवाः खलका सचिव शरणकुुमार प्रधानले प्राचीनकालदेखि लेखनाथका विभिन्न स्थानमा नेवार समुदाय बस्दै आएका बताउँदै हाल लेखनाथका विभिन्न नौवटा इकाईमा नेवाःसमूदाय सङ्गठित बनेको जानकारी दिनुभयो । लेखनाथ क्षेत्रमा मात्रै करिब दुई सय ४५ घरधुरी नेवार समुदायको रहेको उहाँले बताउनुभयो ।
लेखनाथ नेवा मिस पुचका अध्यक्ष मीना श्रेष्ठ, गणेश नेवा खलका अध्यक्ष जयराम श्रेष्ठ, शिशुुवा नेवा खलका अध्यक्ष अर्जुन ताम्राकार, भीमसेन नेवा खलका अध्यक्ष लीलाबहादुर श्रेष्ठलगायत वक्ताले लेखनाथमा पहिलो पटक गर्न लागिएको यो उत्सवले नेवाः संस्कृतिको पुस्तान्तरणमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति