
कालीकोट। कालीकोटको नरहरिनाथ गाउँपालिकाका किसानले उत्पादन गरेको घ्यूले बजार पाउन सकेको छैन । यहाँका किसानले पुस्तौदेखि पशुपालन गर्दै आएका छन् ।
वडा नं ९ लालुका भैँसीपालक किसान रजबहादुर शाहीले आफूहरूले उत्पादन गर्ने दूध, दही र घ्यूूले बजार पाउन नसकेको बताउनुभयो । “मैले जन्मेदेखि नै भैँसीपालन गर्दै आएको छु । विगतमा हामीले उत्पादन गरेको घ्यू बर्दियाको राजापुर र कैलालीको चिसापानी बजारमा लगेर बेच्ने गरेका थियौँ तर बजारमा आउने नयाँ, नयाँ आधुनिक तेलहन वस्तुका कारणले पनि घ्यूको महत्व घटेको होला, अचेल बिक्री हुँदैन”, उहाँले भन्नुभयो ।
यस क्षेत्रमा प्रशस्त चरिचरन क्षेत्र भएका कारण अधिकांश परिवारले पशुपालन गर्ने गरेको तर दुग्धजन्य उत्पादनले बजार नपाउँदा समस्या भएको वडा नं ७ का किसान रामबहादुर बटालाले गुनासो गर्नुभयो । “बजार अभावमा स्थानीयले उत्पादन गरेको घ्यू घरमै थन्किने गरेको छ”, उहाँले भन्नुभयो, “दूध बिक्री नहुने भएकाले घ्यू बनाउनु यहाँका किसानको बाध्यता छ । अब त्यही पनि बिक्री नभएपछि के गरेर जीविकोपार्जन गर्नु ।”
गाउँपालिका–५ रुप्साका कृषक रणबहादुर सहकारीले सबैको घरमा पशुपालन हुने भएकाले स्थानीयस्तरमा उत्पादन बिक्री नहुने र बाहिर पनि खासै बजार व्यवस्थापन गर्न नसकिएको बताउनुभयो ।
गाउँपालिका पशु सेवा शाखा प्रमुख कटकबहादुर बुढाले पनि यहाँका अधिकांश किसानले गाईभैँसी पालन गरिरहेकाले बजार पाउन कठिनाइ भएको बताउनुभयो । गाउँपालिकाका पूर्वअध्यक्ष धीरबहादुर विष्टले स्थानीय उत्पादनको बजारका लागि पालिकाले नै व्यवस्थापन गर्न जरूरी रहेको बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष कमलबहादुर शाहले गाउँपालिकाले पशुपालन गर्ने किसानका लागि प्रोत्साहन दिने गरेको र यहाँ उत्पादन हुने दुग्धजन्य वस्तुको बिक्रीका लागि पहल थालिएको जानकारी दिनुभयो । “पशुपालन क्षेत्र बढाउनका लागि गाउँपालिकाले विशेष योजना ल्याएर काम गरिरहेको छ, हाल पशुपालक किसानलाई मासिक रु एक हजार प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ । अब उत्पादनको बजार व्यवस्थापनमा लाग्छौँ”, उहाँले भन्नुभयो,“पालिकाले यहाँ उत्पादन हुने दुग्धजन्य वस्तुको बजारको खोजी रहेको छ । जुम्ला र हुम्ला जिल्लामा पठाउने विषयमा छलफल भइरहेको छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति