+

मण्डलामा ‘ढुकढुकी ७२ मेगाहर्ज’

काठमाडौँ । थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ को नियमित मञ्चन भइरहेको छ । 

सन्तानसुखको आशामा बसेका आमदम्पतीको मनोदशा, संवेग र कठिनाइको आयामलाई नाटकमार्फत प्रस्तुत गरिएको निर्देशक केदार श्रेष्ठले बताउनुभयो । 

‘दम्पतीको सन्तान प्राप्तिको उत्कट चाहना र त्यससँगै आउँने जटिलतामा आधारित नाटकमा मानव जीवनका संवेदना, सहअस्तित्व र प्रेमको कथा प्रस्तुत गरेको छौँ । यसमा घटनाभन्दा पनि त्यसबाट सिर्जित प्रभाव र प्रेमको कथालाई प्रस्तुत गरिएको छ’ निर्देशक श्रेष्ठले भन्नुभयो । मङ्सिर २३ गतेसम्म सञ्चालन हुने नाटकमा कार्म र मेनुका प्रधानले दम्पतीको भूमिका निर्वाह गर्नुभएको छ । 

अभिनेता तथा रङ्गकर्मी दयाहाङ राई निर्माता रहनुभएको नाटक मङ्सिर १६ गतेसम्म सञ्चालन हुने भनिए पनि दर्शकको मागका कारण एकहप्ता समय थप गरिएको लेखक तथा निर्देशक श्रेष्ठले जानकारी दिनुभएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट