
काठमाडौँ । नेपाल पत्रकार महासङ्घले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत सञ्चारकर्मीलाई धम्की दिएको विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
धरानका प्रमुख साम्पाङले नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राई र महासङ्घका राष्ट्रिय परिषद् सदस्य गोपाल दाहाललाई समाचारको विषयलाई लिएर धम्की दिनुभएको थियो ।
‘समाचारप्रति चित्त नबुझे त्यसउपर कानुनी प्रक्रिया जाने वा प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिने स्थापित प्रावधान छ । यसलाई बेवास्ता गर्दै सार्वजनिक पदधारी प्रमुखजस्तो जिम्मेवार व्यक्तिबाट गरिएको यो हर्कत अन्यन्त निन्दनीय हुनुका सार्थै प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो’ महासङ्घका महासचिव रोसन पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रमुख साम्पाङको शैलीले पत्रकारलाई पेसाप्रति हतोत्साहित र त्रसित बनाउनुका साथै विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा समेत आघात पुग्ने महासङ्घको ठहर छ ।
महासङ्घले प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र यस किसिमका घटना दोहोरिन नदिने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति