
गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा सुत्केरीका लागि अस्पतालसम्म आवतजावतका गर्न निःशुल्क एम्बुलेन्स सेवा सुरुआत गरेको छ । पालिकाभित्रका गर्भवतीलाई सुत्केरी गराउन पालिकाभित्रका बर्थिङ सेन्टर वा अन्यत्र अस्पतालमा लैजान र ल्याउनका लागि पालिकाले निःशुल्क रुपमा एम्बुलेन्स सेवा उपलब्ध गराउन सुरु गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमेल्सिनाले जानकारी दिनुभयो ।
“पालिकाभित्र सुत्केरी गराउन नसकी पालिका बाहिरका जुनसुकै अस्पतालमा पनि सुत्केरी गराउन लैजानुपर्ने अवस्था आउनसक्छ”, उहाँले भन्नुभयो, “त्यस्तो अवस्थामा अस्पतालसम्म पु¥याउन र सुत्केरी गराएर घरसम्म फर्काएर ल्याउनका लागि गाउँपालिकाले नै निःशुल्क एम्बुलेन्स उपलब्ध गराउन सुरु गरेको हो ।”
आर्थिक अभावका कारण गर्भवती घरमै सुत्केरी गराउन नपरोस् भन्ने उद्देश्यले गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवाको थालनी गरेको गाउँपालिका उहाँको भनाइ छ । “घरमै सुत्केरी गराउँदा आमा र बच्चा दुवैमा जोखिम बढी हुन्छ”, उहाँले भन्नुभयो, “निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएपछि गाउँपालिकाभित्र घरमै सुत्केरी गराउने क्रम पूर्ण रुपमा अन्य हुन्छ भन्ने विश्वास छ ।”
गाउँपालिकाले पालिकाभित्रका सबै वडाका नागरिकमा सहज पहुँच पुग्ने गरी बुधबारदेखि एम्बुलेन्स सेवासमेतको थालनी गरेको उहाँले बताउनुभयो । “भूम्लिचोकस्थित भूम्लिचोक स्वास्थ्य केन्द्र, वडा नं १ स्थित मकैसिंङ प्राथामिक स्वास्थ्य केन्द्र र दर्बुङ स्वास्थ्य चौकी उपलब्ध गराइएका तीनवटा एम्बुलेन्सलाई परिचालन गर्ने गरी एम्बुलेन्स सेवा सुरु भएको हो”, उहाँले भन्नुभयो, “बृहत् एम्बुलेन्स सेवाबाट आवश्यकता पर्दा सबै वडामा सेवा दिनसक्ने गरी व्यवस्थापन भएको छ ।” बृहत् एम्बुलेन्स सेवाबाट न्यून खर्चमा उपचारका लागि अस्पतालसम्म पुग्न गण्डकी गाउँपालिकाका नागरिकलाई सहज हुने उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति