
पाल्पा । पाल्पामा महिलालाई पञ्चैबाजा बजाउने प्रशिक्षण दिइएको छ । परम्परागत कला संस्कृतिको संरक्षण र जगेर्ना गर्नका लागि पाल्पाको रम्भा गाउँपालिकाका महिलालाई वाद्यवादनसम्बन्धी सीप प्रदान गरिएको हो ।
वडा नम्बर २ स्थित कोटथरका महिलालाई लक्षित गरेर पञ्चैबाजा बजाउने सीप प्रदान गरिएको हो ।
सिकाइ प्रवद्र्धन परियोजना गाउँपालिकाको आयोजनामा १० दिनसम्म पञ्चैबाजा बजाउने तालिम आयोजना गरी बजाउने सीप सिकाइएको छ । यहाँका २५ महिलालाई सहनाइ, ढोलक, दमाहा, झ्याली, टेम्को, नरसिम्हालगायत बाजा बजाउन सिकाइएको गाउँपालिकामा सिकाइ प्रवद्र्धन परियोजनाका तालिम अधिकृत कृष्ण कुँवरले जानकारी दिनुभएको छ ।
महिलालाई आयआर्जनतर्फ अग्रसर बनाउन कृषि, सिलाइकटाइ, ब्युटिपार्लर, पञ्चेबाजा लगायतका विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आइरहेको कुँवरले बताउनुभयो । कलासंस्कृति संरक्षण मात्र नभई यस्ता खालका तालिमले महिलालाई आयआर्जनतर्फ अगाडि बढ्न सजिलो हुने कोटथर महिला समूहकी अध्यक्ष दिलमाया पाँडे मगर बताउनुहुन्छ ।
बाजा बजाउने सीप प्रदान रोशन परियार र गनबहादुर सारुले गर्नुभएको हो । गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले परम्परागत लोकसंस्कृति जगेर्ना गर्दै महिलालाई लक्षित गरेर सञ्चालन गरिएको यस तालिमपश्चात् आयआर्जनमा टेवा पुग्ने बताउनुभयो ।
स्थानीय तहले हिजोआज महिलालाई लक्षित गरेर वाद्यवादनसम्बन्धी तालिम तथा सीप सिकाउने कार्यक्रम सञ्चालन गर्न थालेका छन् । गाउँघरमा वाद्यवादनको क्षेत्रमा पुरुष नै अग्रसर हुने गरेकामा वाद्यवादनसम्बन्धी तालिम र सीप सिकेर महिला पनि अहिले वाद्यवादनको क्षेत्रमा सक्रिय हुने गरेका छन् ।
स्थानीय तहले वाद्यवादन सम्बन्धी विभिन्न कार्यक्रम गरी सिकाउन थालेपछि यस क्षेत्रमा महिला अग्रसर बनेका छन् । घरको कामधन्दा सकाएर वाद्यवादन सीप सिक्ने कार्यमा महिलाको आकर्षण बढ्दो छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन