
बागलुङ । बागलुङ नगरपालिकाका नगरउपप्रमुख राजु खड्काले आफूले पाउने तलबभत्ता सामाजिक कार्यमा खर्चनुभएको छ । शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर उहाँले तलबभत्ता खर्चंदै आउनुभएको हो ।
खड्काले चार विद्यालयमा कोष स्थापना गर्नुभएको छभने गरिब तथा सहिद परिवारलाई खाद्यान्न प्रदान गर्दै आउनुभएको छ । उपप्रमुखका लागि प्राप्त सेवासुविधाबापतको रकम सामाजिक काममा क्रमशः लगाउँदै जाने उहाँले बताउनुभयो ।
जनप्रतिनिधिलाई प्राप्त सेवासुविधा सामाजिक क्षेत्रमा खर्चिने गरी घोषणाअन्तर्गत क्रमशः कार्यान्वयनमा गएको खड्काले जानकारी दिनुभयो । उहाँले बागलुङबाट विपन्न विद्यार्थीले अध्ययन गर्ने सामुदायिक विद्यालयमा आर्थिक सहयोग गरिरहेको भन्दै पोशाक तथा शैक्षिक सामग्रीमा यसले सहज बनाएको उल्लेख गर्नुभयो । उहाँका अनुसार हालसम्म ५ लाख रुपैयाँभन्दा बढी रकम सामाजिक र शैक्षिक क्षेत्रमा खर्च भएको छ ।
बागलुङ नगरपालिका–१ स्थित रामरेखा आधारभूत विद्यालयमा एक लाखको अक्षय कोष, बागलुङ नगरपालिका–२ स्थित रुद्रेपीपल माध्यामिक विद्यालयमा रु एक लाखको अक्षय कोष, बागलुङ नगरपालिका–१२ स्थित कृष्ण प्राविलाई ५० हजार रुपैयाँ सहयोग गरेको खड्काले जानकारी दिनुभयो ।
यस्तै बागलुङ नगरपालिकाको पहिलो बालमैत्री विद्यालयका रूपमा घोषणा गरिएको सिगाना माविलाई तलबभत्ता रकमबाटै ४४ हजार रुपैयाको पुरस्कार प्रदान गरेको उहाँले बताउनुभयो ।
जिल्लाका क्रियाशील पत्रकारलाई लेखनवृद्धिमा सघाउन पत्रकार महासङ्घमा खडा गरिएको लेखनवृद्धि कोषमा उपप्रमुख खड्काले ् ३५ हजार रुपैयाँ सहयोग प्रदान गर्नुभएको पत्रकार महासङ्घ बागलुङका अध्यक्ष राम थापाले जानकारी दिनुभयो । उहाँका अनुसार नगरउपप्रमुले प्रत्येक दसैँमा सहिद, बेपत्ता र घाइतेका परिवारलाई लत्ताकपडा र खाद्यान्न वितरण गर्दै आउनुभएको छ ।
सामुदायिक विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीको हितका लागि खर्चिंने गरी कोष स्थापना कार्यलाई १४ वटा वडामा पु¥याउने लक्ष्य रहेको खड्काले जानकारी दिनुभयो । ‘जनप्रतिनिधि जनताको सेवक हो । नगर उपप्रमुखको हैसियतमा विभिन्न सेवासुविधा बापतको रकम आउने रहेछ, त्यो रकमलाई सामाजिक काममा लगाउने घोषणापत्रमा उल्लेख गरेअनुसार कार्यान्वयनमा लागेको हुँ’ उहाँले भन्नुभयो– ‘आफूलाई प्राप्त सेवासुविधा शहीद परिवार, बेपत्ता, घाइतेको उन्नयनका लागि र शैक्षिक सुधारमा खर्च गर्नेगरी अगाडि बढेको छु ।’
उहाँले उत्कृष्ट अध्ययन तथा अध्यापन भइरहेको सामुदायिक विद्यालयका विद्यार्थीको हितका लागि अक्षयकोष स्थापना गर्दै जाने लक्ष्य रहेको बताउनुभयो । ‘काम गर्ने क्रममा जनताकामा पुग्दा जहाँ सहयोगको आवश्यकता देख्छु, त्यही प्रत्यक्ष सहयोगसमेत गर्दै आएको छु’ उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलनको घोषणा
- राप्रपाको प्रदर्शनका कारण भोलि शिक्षक आन्दोलन बिहानलाई सारियो
- ‘विवाहको प्रस्ताव अस्वीकार गरेपछि युवतीमाथि गोली प्रहार’
- निषेधित क्षेत्र नतोड्न राप्रपालाई गृह मन्त्रालयको चेतावनी
- राप्रपाले आइतबार बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने
- बालुवाटारमा तीन शीर्ष नेताबीच छलफल
- धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन: अध्यक्ष दाहाल
- वर्षा बाधक बनेपछि नेपाल विश्वकपका लागि छनोट भएन
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय