
लुम्बिनी । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी क्षेत्र लगानीका लागि महत्त्वपूर्ण गन्तव्य भएको बताउनुभएको छ ।
उहाँले सरकारले लगानी अनुकूल वातावरण बनाउँदै जाने उल्लेख गर्दै लुम्बिनीमा लगानी गर्न निजी क्षेत्रका उद्योगी–व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
कान्तिपुर मिडिया ग्रुपले रुपन्देहीमा आज आयोजना गरेको एक विमर्श कार्यक्रममा अर्थमन्त्री पौडेलले लुम्बिनी धेरै फराकिलो रहेको र निजी क्षेत्रका लागि महत्त्वपूर्ण ठाउँ रहेकाले सम्भावनालाई व्यवसायसँग जोड्न आग्रह गर्नुभयो ।
उपप्रधानमन्त्री पौडेलले लुम्बिनीले नेपालको सिङ्गो अर्थतन्त्रलाई उचाइमा पु-याउन सामथ्र्य राख्न सक्ने भएकाले सहरी पूर्वाधार, शिक्षा, स्वास्थ्य, औद्योगिक क्षेत्रको हिसाबले लुम्बिनीलाई अग्रणी स्थानमा पुर्याउने गरी भएका प्रयासमा सबैको साथ आवश्यक रहेको बताउनुभयो ।
‘बुद्ध जन्मस्थल लुम्बिनीसँगै यहाँ बुद्धको जीवनसँग जोडिएको महत्त्वपूर्ण सम्पदासँगै यहाँ राम्रा र स्तरीय होटलहरु छन्’ उहाँले भन्नुभयो– ‘बर्दिया राष्ट्रिय निकुञ्ज पनि लुम्बिनी प्रदेशमै छ । लुम्बिनीमा धेरै सम्भावना र स्रोत छन् ।
उपप्रधान तथा अर्थमन्त्री पौडेलले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल छिट्टै पूर्ण क्षमतामा सञ्चालन हुने बताउनुभयो ।
उहाँले निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्ड बर्खाअघि नै एकतर्फी सवारी सञ्चालन गर्न मिल्ने गरी सम्पन्न हुने जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा