
काठमाडौँ। अस्ट्रेलियन अलराउण्डर क्रिकेटर बेन कटिङ नेपाल आउनुभएको छ । शनिबारदेखि सुरु भएको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न उहाँ नेपाल आउनुभएको हो ।
उहाँ लुम्बिनी लायन्सबाट एनपिएल खेल्दै हुनुहुन्छ । ३७ वर्षीय कटिङ दायाँ हाते ब्याटर र मध्यम तीव्र गतिका बलरका रूपमा चिनिनुहुन्छ ।
सन् २०१६ मा कटिङ सहभागी सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जितेको थियो । साथै, उहाँ आइपिएलको फाइनल खेलको म्यान अफ दि म्याच पनि बन्नुभएको थियो ।
उहाँसहित लुम्बिनी लायन्सबाट विदेशी खेलाडी इङ्ग्ल्याण्डका विकेटकिपर तथा ब्याट्सम्यान टम मुर्स, बार्बाडियन फास्ट बलर रामोन सिमन्ड्स, भारतीय युवा क्रिकेटर उन्मुक्त चन्द, क्यानडाका पूर्वकप्तान तथा कीर्तिमानी अलराउण्डर साद बिन जफर खेल्दै हुनुहुन्छ ।
लुम्बिनीको मार्की खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेल हुनुहुन्छ । लुम्बिनी लायन्सले यही मङ्सिर १९ गते दिउँसो १ः१५ बजे विराटनगर किङ्ससँग आफ्नो पहिलो खेल खेल्दैछ । यो खेल त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति