
भक्तपुर । ११ देशका कम्युनिस्ट निकट पत्रकार र विद्यार्थी नेताहरुको भेलासहितको १० दिने स्कुल अफ फिलोसोफिकल अध्ययन तथा प्रशिक्षण भक्तपुरमा सम्पन्न भएको छ ।
भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरण तालिम केन्द्रमा कम्युनिस्टहरुको फिलोसोफिकल अध्ययन तथा प्रशिक्षण आयोजना गरिएको हो । मदन भन्डारी स्कुल अफ एशियाको आयोजनामा गरिएको प्रशिक्षणको उदघाटन पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत माधवकुमार नेपालको आतिथ्यमा भएको थियो ।
कार्यक्रममा विदेशबाट नेपाल आएका पाउनालाई न्यूरोड , वसन्तपुर ठमेल र नगरकोट भ्रमण समेत गराइएको थियो । कार्यक्रममा सहभागीलाई माइतीघर मण्डलामा इजराइयल र अमेरिकाविरुद्ध भएको प्यालाइस्टाइनको सहयोग सम्बम्धी नाराजुलुशको अवलोकन समेत गराइएको थियो ।
अध्यनशील कक्ष कार्यक्रममा कम्युनिस्ट निकट विदेशी र स्वदेशी विद्यार्थीसहित पत्रकारिता गरिरहेका व्यक्तिहरु पनि भएकोले एशियाको पहिलो रेडियो स्टेसन रेडियो सगरमाथा र रातोपाटी डटकमको टोलीसहित अवलोकन आयोजक सस्थाले गराएको छ।
यहाँ डिजिटल पत्रकारिता ,सम्बन्धी ,छलफल, र विश्वको कम्युनिस्टको एउटै आवाज ‘दुनियाँको मजदुर एक हौ , भन्ने नारा र पुजीवादी ,मार्क्सवादी लेलिन र माओको सिद्धान्तनिष्ठ आवाजको बृहत छलफलसहितको अध्ययन भएको थियो । कार्यक्रमको अतिरिक्त क्रियाकलाप मनोरञ्जन आआफ्नो देशको भेषभूषा सस्कृति झल्किने नाचगान , मजदुरको नारा , पूँजीपति वर्गले गरेको शोषणविरुद्ध नाटक मंचन ( मिस्टिका–खेलको प्रस्तुति पनि गरिएको थियो । कार्यक्रमको अन्तिममा ने क पा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मन्तव्य राख्दै सहभागीलाई प्रमारणपत्र प्रदान गर्नुभयो । पूर्वउपप्रधानमन्त्री श्रेष्ठले नेपालको हालको अवस्थामालाई नियाल्दै ,नेपालमा कम्युनिस्टहरुको नीति र व्यवहार सुधार गर्ने प्रयास भएको बताउनुभयो ।
उदघाटन तथा समापन कार्यक्रममा ने क पा ‘विप्लव’निकट चिरन पुन तथा एकीकृत समाजवादीका नेता बलराम बास्कोटा सावित्रा भुसाल माधव पन्त, आचलराज पाण्डे, संगीता तिमल्सिना , अशोक थापा र सुजिता कार्की लगायत सहभागी हुनुहुन्थ्यो । आयोजकको सहयोगी सुरज ढकाल रहनु भएको थियो । कार्यक्रम प्रवेश पोखरेलले संचालन गर्नुभएको थियो । कार्यक्रममा ब्राजिल ,अमेरिका, चाइना पाकिस्तान , बङ्गलादेश , भारत लगायतका सहभागी थिए भने नेपाल, भारत, बङ्गालादेश, पाकिस्तान , इन्डोनेसिया ,भेतनाम, अस्ट्रेलिया , फिलिपिन्स, मलेसिया, श्रीलंका र भियतनाम लगायतका राष्ट्रका प्रशिक्षक हुुनुहुन्थ्यो ।
विभिन्न देशका प्रशिक्षार्थीको सहभागी भएर छलफलसहितको अध्ययनमा केही नयाँपन थियो, जहाँ एक देशकोले अर्को देशको नागरिक सग सहकार्य गरी ज्ञान सिप अनुभव साटसाट गरी मित्रत्वको सम्बन्ध बिस्तार भएको सहभागीको भनाइ छ ।
– रमा न्यौपाने (आर्ज्या)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति