
गोरखा । अजिरकोट गाउँपालिकाले विकट ओलाङलाई पर्यटनमैत्री नमूना गाउँका रूपमा विकास गरेको छ । गण्डकी प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा पर्यटकीय पूर्वाधार धमाधम निर्माण भइरहेका छन् ।
गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाका अनुसार गाउँपालिका–२ स्थित ओलाङ गाउँलाई ‘पर्यटनमैत्री नमूना गाउँ प्रवर्द्धन कार्यक्रम’अन्तर्गत नमूना गाउँका रूपमा विकास गर्न प्रारम्भ गरिएको हो । कार्यक्रमले बाँझो जमिनको पनि सदुपयोग गर्ने नीति लिएको उहाँले बताउनुभयो । यसले युवालाई स्वरोजगार बन्न सहयोग पुग्नेमा उहाँ विश्वस्त हुनुहुन्छ ।
‘स्थानीयले रोजगारी र अवसर खोजिरहेका छन्, गाउँमै युवालाई रोजगारीको अवसर सृजना गर्दै आत्मानिर्भर बनाउन कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यन्वयन गरिएको छ, ओलाङलाई अजिरकोट गाउँपालिकाको थप सुन्दर पर्यटकीय टोलको रुपमा विकास गर्ने हिसाबले लगानी गरिहेको छ’ उहाँले भन्नुभयो ।
ओलाङमा ‘फुटट्रेल’ निर्माण, पर्यटनमैत्री संरचना निर्माणका साथै पर्यटक रमाउनसक्ने हिसाबले अन्य संरचना पनि निर्माण गरिएका छन् । पर्यटकको नयाँ गन्तव्यका रूपमा ओलाङ गाउँ विकास भइरहेकाले संरचना निर्माण गरिएको उहाँले बताउनुभयो । तामाङ र गुरुङ समुदायको मात्र बसोबास रहेको यो गाउँलाई कृषि, पर्यटनसँगै स्थानीय समुदायको मौलिक परम्परा झल्कने संस्कृतिलाई जीवन्त राख्ने प्रयास गरिएको छ ।
‘ओलाङलाई पर्यटनमैत्री बनाउँदै स्थानीवासीको आयआर्जन वृद्धिका लागि गाउँपालिकाले काम थालेको हो, पर्यटनको केन्द्रका रूपमा ओलाङलाई विकास गर्न त्यहाँ परापूर्वकालदेखि चल्दै आएको भिरमौरीका मह झिक्ने मेलालाई ‘साहासिक पर्यटन’का रुपमा विकास गर्न खोजिरहेका छौँ उहाँले भन्नुभयो ।
ओलाङगाउँ पुग्ने पर्यटकले अब जैविक खानाको स्वाद लिन पाउनेछन् । गाउँपालिकाले ओलाङलाई नमूना गाउँका रूपमा विकास गर्ने योजनाअनुरुप यहाँको हावापानीको अध्ययन गरी ट्राउट माछापालन कार्यक्रमलाई पनि व्यवस्थित ढङ्गले अघि बढाएको छ । साथै ओलाङलाई तमु समुदायको संस्कार र संस्कृति अध्ययन गर्ने थलोका रूपमा पनि विकास गरिएको अध्यक्ष देवकोटाले बताउनुभयो ।
पर्यटनमैत्री पदमार्ग निर्माण, पदमार्गहरुमा विश्रामगृह, विभिन्न ठाउँमा परम्परागत सांस्कृतिक संरचना निर्माणले पनि ओलाङ गाउँलाई थप सुन्दर बनाएको छ । गाउँलाई कृषिमा नमूना गाउँका रुपमा विकास गर्न किसानलाई व्यावसायिक सागसब्जीखेतीको तालिम दिएर खेतीका लागि ‘हाइटेक टनेल’ निर्माणको भएको छ ।
गाउँ घुम्न आउने पर्यटकको स्वागत सत्कारका लागि घरबास व्यवस्थापन तालिम दिएर महिलालाई सक्षम बनाइएको गाउँपालिकाकी उपाध्यक्ष अनिता भुजेलले बताउनुभयो । कार्यक्रमअन्तर्गत ओलाङ गाउँमा २१ वटा योजना कार्यान्वयन भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै