
काठमाडौँ । नेपालका लागि म्यान्मारका राजदूत यु मायो माइन्ट माउङ्गले विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ चैत्य दर्शन एवं पूजाआजा गर्नुभएको छ ।
राजदूत माउङ्गसहित म्यान्माका राजगुरू सिकागो सायदोले आज बिहान स्वयम्भूसहित आसपासका सम्पदाको अवलोकन गरी विधिपूर्वक चैत्यमा पूजाआजा गर्नुभएको हो । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले उहाँहरूलाई स्वागत गर्दै सम्मान गरेको छ ।
महासमितिका अध्यक्ष महास्थवीर भिक्षु धर्ममूर्तिले ऐतिहासिक पक्षका साथै धार्मिक गतिविधिबारे उहाँलाई जानकारी गराउँदै बौद्ध साहित्य एवं दर्शनलाई अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न महासमितिले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।
राजगुरू सायदोले विश्वशान्ति तथा मानव कल्याणका लागि बौद्ध शिक्षाको महत्व रहेकाले ती साहित्य तथा दर्शनको प्रवर्द्धनमा जोड दिने बताउँदै पवित्र तीर्थस्थलको अवलोकन गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
महासमितिका सचिव चन्द्ररत्न बुद्धाचार्यले विशेषगरी विभिन्न धार्मिक गतिविधि गरिने त्यस स्थलमा हिनयान, महायानलगायत सबै सम्प्रदायका बौद्ध अनुयायीले आस्था प्रकट गर्ने जानकारी दिनुभएको छ । उहाँले विभिन्न मुलुकका कूटनीतिक नियोगबाट गरिने भ्रमणले अन्तर्राष्ट्रिय तहमा सकारात्मक सन्देश प्रवाह भएर धार्मिक पर्यटनमा अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यस अवसरमा महासमितिले विभिन्न प्रकाशनसहित उहाँहरूलाई उपहार प्रदान गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति