
काठमाडौँ । जिल्ला प्रशासन कार्यालयमा नागरिकता लिनेलाई सास्ती हुने गरेको छ ।
जिल्लाभरका सरकारी, अर्धसरकारी तथा नीजि क्षेत्रबाट समेत भए गरेका ढिलासुस्ती, अनियमितता एवम् गैरक्रियाकलापबारे चेकजाँच गरी आवश्यक कारवाही गर्ने अख्तियारी पनि जिल्ला प्रशासन कार्यालयलाई छ तर जिल्ला प्रशासन कार्यालय आफैमा भने विभिन्न समस्या तथा काम लिएर जाने सेवाग्राहीले सास्ती व्यहोर्न बाध्य छन् ।
नयाँ नागरिकता शाखाका कर्मचारीले सेवाग्राहीलाई निकै सास्ती दिने गरेका छन् । नागरिकता फाँट अन्तर्गतको झ्याल नम्बर १०२, १०३, १०४ र १०५ मा कार्यरत कुनै पनि कर्मचारी सेवाको भावनाबाट अलिकति पनि ओतप्रोत भएका देखिन्नन् । उनीहरुको बोली र व्यवहार सेवाग्राहीलाई सियोले घोचेजस्तो लाग्छ । यसरी, त्यसरी, जसरी पनि दुखै दिने उनीहरुको नियत बझिनसक्नु छ । त्यसमा पनि १०५ नम्बर झ्यालको कमाण्ड गरेका प्रशासकीय अधिकृत उपेन्द्र शाहको बोली नै छुद्र खालको छ । उहाँको व्यवहारले नागरिकता लिन गएका सेवाग्राही निराश बन्न बाध्य छन् ।
प्रशासकीय अधिकृत शाह मात्रै होइनन्, झ्याल नम्बर १०२, १०३ र १०४ का कर्मचारीको पनि पनि व्यवहार उस्तै छ । जिल्ला प्रशासनमा विभिन्न फाँटका कर्मचारीले यसरी, त्यसरी, जसरी सेवाग्राहीमाथि खोट मात्रै देखाउने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति