+

कुटपिटबाट मजदूर मोक्तानको मृत्यु

बागमती । मकवानपुरको मनहरी गाउँपालिकामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । 

मनहरी–६ प्रतापुर लच्कामा कुटपिटबाट ५० वर्षीय जितबहादुर मोक्तानको मृत्यु भएको  हो । मोक्तानलाई प्रतापुर लच्का निवासी ३४ वर्षीय अम्मरबहादुर लोप्चनले कुटपिट गरेको मकवानपुरका  प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभएको छ । 

मजदूरी काम गर्दै दुवै जना खाना खाएर लोप्चनको घरमा सुत्न गएको र त्यही क्रममा लोप्चनले सावेलले कुटपिट गरेको प्रहरी नायव उपरीक्षक अर्यालले बताउनुभयो । 

सावेल प्रहारबाट गम्भीर घाइते मोक्तानको उपचारका क्रममा चितवन अस्पतालमा मृत्यु भएको उहाँले जानकारी दिनुभयो । 

मोक्तानमाथि सावेल प्रहार गर्ने लोप्चनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै