+

सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सर्लाही । सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

बलरा नगरपालिका–९, अचलगढमा आज ट्याक्टर दुर्घटना हुँदा चालक ४० वर्षीय रुसतम साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार  ट्याक्टर धनीसमेत रहेका चालक साह खेत जोतेर घर फर्कने क्रममा अनियन्त्रित भई ट्याक्टर पल्टिदा त्यसमा च्यापिएका थिए । 

घटना लगत्तै उनलाई उपचारको लागि प्राथमिक स्वास्थ्य संस्था अचलगढ पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट