
काठमाडौँ । प्रेस काउन्सिल नेपालले अनुदानमा सञ्चार सामग्री खरिद गर्न चाहने पत्रकार एवं सञ्चारमाध्यमलाई आवेदन दिन आग्रह गरेको छ ।
प्रेस काउन्सिल नेपाल, मिडिया विकास कोषले अनुदानमा सञ्चार सामग्री खरिद गर्न चाहने पत्रकार तथा सञ्चारमाध्यमलाई आवेदन दिन आग्रह गरेको हो ।
काउन्सिलले आज सूचना प्रकाशित गरी काउन्सिलको स्वीकृत नीति एवं बजेट तथा कार्यक्रमअनुसार मोफसलमा रहेका पत्रकार र सञ्चारमाध्यमलाई विभिन्न सुविधा उपलब्ध गराइँदै आएको तथा आर्थिक वर्ष २०८१/८२ का लागि ३५ दिनभित्र प्रेस काउन्सिल नेपाल मिडिया विकास कोषको सचिवालयमा लिखित वा अनलाइन माध्यममार्फत आवेदन दिन आग्रह गरेको छ ।
यसैगरी सहयोग गराइने क्षेत्र र सीमाअन्तर्गत ल्यापटप खरिद अनुदान (४० प्रतिशत) १६, क्यामेरा खरिद अनुदान (३० देखि ४० प्रतिशत) चार, सोधपत्र लेखन सातजना (प्रत्येक प्रदेशबाट एकजनाका दरले) तथा सञ्चारद केन्द्र स्थापना अनुदान एकवटा सुविधाका लागि आवेदन दिन सकिने काउन्सिलद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।
दुर्गम, स्थानीय सञ्चारमाध्यम र यसअघि उपलब्ध नभएका जिल्लालाई पहिलो प्राथमिकता हुने एवं निवेदनमा निवेदकको हस्ताक्षर, सम्पर्क नम्बर, आवश्यक कागजात र इमेल अनिवार्य हुनुपर्ने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति