
सङ्खुवासभा। सङ्खुवासभाको चैनपुर नगरपालिका–११ खहरेस्थित अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता भएका छन् । चैनपुर–११ कुइबिरका ४८ वर्षीय गजेन्द्र जिमी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताउनुभयो ।
शनिबार दिउँसो चैनपुर–११ खहरेस्थित अरुण नदीमा पूजा गर्न क्रममा चिप्लिएर जिमी बेपत्ता हुनुभएको प्रहरी निरीक्षक लामिछानेले बताउनुभयो । जिमीको सशस्त्र प्रहरी, प्रहरी र स्थानीयले खोजीकार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
प्रत्यक्षदर्शीका अनुसार गजेन्द्र अरुण नदीमा पूजा सुरु गरे लगत्तै नदीमा चिप्लिएर बेपत्ता हुनुभएको थियो । चैनपुर–११ कुइबिरका गजेन्द्र परिवारका छ जनासहित शनिबार अरुण नदी पुग्नुभएको थियो । शनिबार साँझसम्म पनि जिमीको शव फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति