
काठमाडौँ । नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रम–नेपालमा दिगो ऊर्जामार्फत पुनःप्राप्ति एवं सशक्तीकरण कार्यक्रमअन्तर्गत आजदेखि नेपालमा उद्योग तथा व्यवसायमा ऊर्जा दक्षताको प्रवर्द्धन निमित्त एक अनुदान योजना प्रारम्भ भएको छ ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड व्यवस्थापक रहेको यस अनुदान योजनाको प्रमुख उद्देश्य, उद्योग तथा व्यवसायलाई ऊर्जा दक्षताका उपाय अवलम्बन गर्न प्रोत्साहन गर्नु रहेको रीप–ग्रीन कार्यक्रमले जनाएको छ ।
उद्योग तथा व्यवसायमा ऊर्जाको दक्ष उपयोगबाट ऊर्जा खपतमा कमी ल्याई नेपालमा दिगो औद्योगिक विकासलाई बढावा दिनुका साथै कार्बन उत्सर्जन घटाउनु यस पहलको प्रमुख उद्देश्य रहेको कार्यक्रममार्फत जारी विज्ञप्तिमा उल्लेख छ । यस पहलअन्तर्गत ऊर्जा परीक्षकबाट सिफारिस भएका ऊर्जा दक्षताका उपाय कार्यान्वयनमा प्रोत्साहन दिन राष्ट्रिय वाणिज्य बैंकमार्फत आंशिक अनुदान उपलब्ध गरिनेछ । अनुदान सञ्चालन निर्देशिकाअनुसार आंशिक अनुदान, ऊर्जा दक्षताका उपायमा कूल आवश्यक लगानीको निश्चित प्रतिशत हुनेछ । अनुदानको निमित्त योग्य हुन उद्योग व्यवसायहरुले मर्यादित कामका सिद्धान्त तथा वातावरणीय मापदण्डसमेत अवलम्बन गरेको हुनुपर्ने जनाइएको छ ।
यस पहलले उद्योग तथा व्यवसायमा ऊर्जा दक्षताका उपाय अवलम्बन गर्दा देखिने वित्तीय समस्यालाई सम्बोधन गरी ऊर्जा दक्षताका प्रविधिहरुमा लगानी गर्न उद्यमी तथा व्यवसायीलाई प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ । यसरी यस पहलमार्फत ऊर्जा दक्षताको महत्वपूर्ण पक्ष मानिने ऊर्जा लागतमा कटौतीका साथै पर्यावरणीय लाभ तथा विदेशी विनिमयको सञ्चितिमा टेवा पुग्ने विज्ञप्तिमा उल्लेख छ ।
साथै, यस अनुुदान योजनाको शुरुवातले नेपालको औद्योगिक र व्यावसायिक क्षेत्रमा ऊर्जाको दक्ष प्रयोगमा रहेको सचेतना एवं कार्यान्वयन बीचमा रहेको खाडल पुर्नका लागि महत्वपूर्ण कदम हुनेछ । यसले दिगो ऊर्जा अभ्यासलाई बढावा दिन, चक्रीय अर्थतन्त्रका सिद्धान्तलाई एकीकृत गर्न र उद्योग तथा व्यवसायमा मर्यादित कामको अभ्यासलाई प्रोत्साहित गर्नेजस्ता व्यापक लक्ष्यलाई समेट्छ । यस अनुदान पहलको शुभारम्भले नेपालको स्थायी ऊर्जा समाधानप्रतिको प्रतिबद्धतालाई रेखाङ्कीत गर्नेछ, जसले उद्योगलाई ऊर्जा संरक्षण, जलवायु–अनुकूल अभ्यासमा योगदान पु-याउन तथा मर्यादित कामका सिद्धान्त अवलम्बन गर्न व्यावहारिक मार्ग प्रदान गर्नेछ ।
जर्मन सङ्घीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (बिएमजेड) तथा युरोपियन युनियनको आर्थिक सहयोगमा ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयद्वारा सञ्चालित यस कार्यक्रममा जर्मन विकास सहयोग–जिआइजेडले प्राविधिक सहयोग पुर्याउँदै आएको छ ।
नेपालमा नवीकरणीय ऊर्जा र ऊर्जा दक्षताका पहललाई प्रवद्र्धन गर्न आवश्यक पर्ने नियामक, संस्थागत संरचना एवं निजी क्षेत्रको सहभागिताको निमित्त उचित स्थिति निर्माण गर्ने तथा ऊर्जाको दिगो उपयोग तथा उत्पादनलाई बढावा दिने उद्देश्य रहेको यस कार्यक्रम अन्तर्गत राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले उद्योग तथा व्यवसायमा ऊर्जा प्रवद्र्धनको निमित्त उपलब्ध हुने अनुदानको व्यवस्थापन गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री