
डडेल्धुरा । चुरेको कच्ची सडकमा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउने दुई महिलाको सनाखत भएको छ । दैजि–जोगबुडा जोड्ने सडकको लिप्नानजिक नौलामा जिप दुर्घटनामा परी मृत्यु हुनेमा परशुराम नगरपालिका–९ सल्लेटाकी ४० वर्षीया मोतिदेवी सार्की र आलीताल गाउँपालिका–७ की ३८ वर्षीया धनादेवी बुढा रहेको प्रहरीले जानकारी दिएको छ ।
परशुराम नगरपालिका –९ नौलामा लु १ ज ४५७९ नम्बरको बोलेरो जिप मंगलबार अपरान्ह ३ः५० को समयमा दुर्घटनामा परेको थियो । जिप दैजिबाट डडेल्धुराको परशुराम नगरपालिका –११ सलेतातर्फ आइरहेको थियो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार उहाँहरुको घटनास्थलमै मृत्यु भएको थियो । उहाँका अनुसार दुर्घटनामा परी अन्य ९ जना घाइते हुनुभएको छ । उहाँहरुको उपचार धनगढीमा भइरहेको छ ।
दुर्घटनामा परेको जिप सडकबाट सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जिपमा १२ जना सवार थिए । चालक सकुशल रहेको र उहाँलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । कञ्चनपुरको दैजिबाट डडेल्धुराको भित्रिमधेश क्षेत्र जोगबुडा जोड्ने दैजि–लिप्ना–जोगबुडा सडक छोटो सडक बाटो हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति